कराँची विमानस्थल नजिक शक्तिशाली विष्फोट, तीन विदेशी नागरिक मारिए
काठमाडौं । पाकिस्तानको कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा २ चिनियाँ नागरिकसहित तीनजनाको मृत्यु भएको छ ।
विस्फोटमा अन्य १७ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम जीजो न्यूजले जनाएको छ । पाकिस्तानस्थित चिनियाँ दूतावासलेआफ्ना दुई नागरिकको ज्यान गएको जनाएको छ । एकजान गम्भीर घाइते भएका छन् ।
पाकिस्तानी सञ्चारमाध्यम जियो न्यूजले भने तीन जनाको मृत्यु भएको उल्लेख गरेको छ । यद्यपि उसले कुन देशका नागरिक हुन भन्नेखुलाएको छैन् ।
विस्फोट के कारणले भएको हो भन्ने विषय अहिलेसम्म स्पष्ट नभएको जियो न्यूजले उल्लेख गरेको छ । विस्फोट आसपासका क्षेत्रमासमेत सुनिएको बताइएको छ ।
घटना हुना साथ आपतकालीन कार्यमा खटिने उद्धारकर्ताहरुले घाइतेलाई आगलागी भएको स्थानबाट निकालेको र नजिकैको जिन्नाहअस्पतालमा उपचारका लागि भर्ना गराएको बताइएको छ ।
सिंध प्रान्तका गृहमन्त्री जीया उल हसनले समेत उक्त विस्फोट विदेशी नागरिक लक्षित भएको बताएका छन् ।
बीएलएले चिनियाँ नागरिक लक्षित आक्रमण गरेको जनाएको छ । पृथकतावादी उग्रवादी समूह बलोच लिबरेशन आर्मी–बीएलएलेइन्जिनियरहरूसहित चिनियाँ नागरिकहरूलाई लक्षित गरी विस्फोट गराएको इमेलमार्फत् पत्रकारहरूलाई जानकारी गराइएको छ ।
बीएलएले पाकिस्तानको दक्षिणपश्चिममा रहेको अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तान प्रान्तको स्वतन्त्रताका लागिलडिरहेको छ ।
गत अगस्टदेखि बीएलएले प्रान्तमा आक्रमणहरू शुरू गरेको थियो । जसमा अहिलेसम्म ७० भन्दा बढीको मृत्यु भइसकेको छ ।
अरब सागरमा रहेको ग्वादरको रणनीतिक बन्दरगाहलाई बेइजिङले इस्लामाबादलाई प्रान्तको शोषण गर्न मद्दत गरेको आरोपमाबीएलएले चिनियाँलक्षित आक्रमण गरेको गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्