पहिलो सर्जकमास्टर मित्रसेन थापामगर

पहिलो सर्जकमास्टर मित्रसेन थापामगर

धनबहादुर मगर
मास्टर मित्रसेन थापा मगर नेपालमा मात्र होइन भारतमा समेत उनले साहित्यकला, गीत संगीतमा पु¥याएको योगदानलाई विर्सनु हुँदैन । नेपाली लोकगीतहरु नेपाली स्रोताहरुमाझ आजपनि त्यतिकै प्रसिद्ध छन् । कालजयी गीतहरुकै कारण साहित्यक सर्जकहरु स्रोताहरुको मन मस्तिष्कमा सँधै बाँचिरहन्छ ।
मास्टर मित्रसेन स्मृति कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईका अनुसार मित्रसेन थापा मगर नेपाल र भारत बिचको सांस्कृतिक पुलको काम गरेको खुलेरै व्यक्त गरेका छन् । उनको सांहित्यिक आयम ओझेलमा पर्नुको कारण गीत हो । त्यतिखेर साहित्य अत्यन्तै कमजोर थियो । गीत संगीत बलियो देखिन्थ्यो ।
त्यसो भने पनि साहित्य असाध्यै महत्वपुर्ण विद्या हो । यो सोझै प्राज्ञिक सत्तासँग जोडिन्छ । त्यतिबेलाको राज्यले सर्जकहरुलाई जोड्न चाहेको थिएन भन्नै पर्छ । थापाको साहित्यिक व्यक्तित्व हाम्रो हातमा आएको छ । मित्रसेन प्रतिष्ठान ३० वर्ष भइसकेको छ । ३० वर्षमा कसैले वहस गरेन । यतिका महानसर्जक बारेमा प्रज्ञा प्रतिष्ठान बेखवर किनहुने ? ३ वर्ष भयो म आएपछिनिरन्तर कार्यक्रम गरेको छु । मित्रसेन थापा मगरको बारेमा प्राज्ञिक वहस शुरु भएको छ ।
नेपाल मगर संघका सह–अध्यक्ष गंगाबहादुर थापा मगरले मास्टर मित्रसेन मात्र किन भनियो ? आफू सानो हुँदा गीतहरु सन्ने गरेको थिएँ । मास्टर मित्रसेन मात्र भनिन्थ्यो । त्यतिबेलै मास्टर मित्रसेन थापा मगर भनिएको भए हामीलाई कति गौरवको अनुभूत हुन्थ्यो । तत्कालीन राज्यले मगर जाति प्रति असहिष्णुताथपिदिएको प्रष्ट हुन्छ । वहुआयामिक व्यक्तित्वको रुपमा मात्र चिन्दैन । साहित्य, कला, संगीतको पारखीको रुपमा चिनिएको व्यक्तिलाई राज्यबाटै सहयोगपु¥याएको भए राम्रो हुन्थ्यो । थापाले भने तरपनि राज्यको एउटा प्राज्ञिक अंग नेपाल प्रज्ञा प्रतिष्ठानबाटै भएकोमा खुशी लागेको छ ।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले । मास्टर मित्रसेनको योगदानलाई फराकिलो ढंगले बुझ्नु पर्ने विचार व्यक्त गरेको छ । म साहित्यको विद्यार्थी ।साहित्यिक जगतमा उपेक्षित भयो । मास्टर मित्रसेन थापा मगर, मगरको मात्र सम्पत्ती होइन राज्यकै भएको उनको तर्क थियो ।
जन्म जयन्ती कार्यक्रममा मित्रसेनको बाल्यकालका साथी प्रकाशप्रसाद उपाध्यायले आफू भारतीय दूरदर्शन आकाशवाणी रेडियोमाकार्यरत रहँदा १५ मिनेट गोर्खा फौजहरुका लागि नेपालीमा प्रशारण गर्ने गरेका थिए । त्यतिबेला दिल्लीमा नेपाली गीत संगीतहरु पाइन्दैनथ्यो ।
‘धानको बाला झुल्यो हजुर’’लाहुरेको रेलिमाई’’ जस्ता धेरै चर्चित गीतहरु रेकर्ड भएर प्रशारण हुन्थ्यो । ५ मिनेटको समय मित्रसेनको गीत बज्थ्यो । भारतीय अल इण्डया रेडियो, हिन्दीमा आकाशवाणीको विदेशी प्रसारण सेवामा ४२ वर्ष काम गरेर आएँ । मास्टर मित्रसेनको प्रतिभा अचम्मका थिए ।
मित्रसेन थापा मगर आफू फौजीमा भर्ती भयो । प्रथम विश्व युद्ध हुँदा रक्तपात भएको देखेरउनले फौजिको जागिर छोड्यो । लाहुरे भएर परिवार पाल्नु पर्ने तर यहाँ आएर गीत, संगीतमा लाग्यो । आफ्नो जातिलाई उठाउन धेरै काम ग¥यो । नाटकहरु लेखे, नाटकहरुमा खेले, अध्यात्मिकता जगाउन, भागवत गीता, रामायण, द्रोपडी चिरहरण, कृष्ण, सुदामा जस्ता नाटकहरु बनाए । उनको रंगमञ्चमा रुची थियो । गीत गाउने, हार्माेमोनियम बजाउने, खाली समयको पनि केही न केही गरिरहन्थ्यो ।
हिमालयन एडभेन्चर एम्वेसदर विक्रम पाँडेले ‘‘मलाई खुत्रुक्कै पा¥यो जेठान तिम्रो बहिनी’’ले गीत खुबै मन पर्ने थियो । मित्रसेन थापा मगरको गीत र संगीतलाई पयर्टनसँग जोडेर लान सके उनको योगदानको कदर हुने बताएका थिए ।
पाडेले भने मलाई थाहा छ । एक दिन भारतबाट काठमाडौं आएको रहेछ । राणाहरुले दरवारमा निम्तो गरेछन् । राजासाव, भनाउँदा राणाहरुले हिन्दी गीत सुनाउन भनेपछि मलाई हिन्दी गीत आउँदैन झ्याउरे गीत मात्र आउँछ भन्यो रे । राजासाव भनाउँदा खुबै रिसाएछन् । दरवारियाहरुले राजासावसँग झ्याउरे गीत भएपनि गाउन अनुमतà