प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक

प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक

धनबहादुर मगर
काठमाडौं असोज ३, प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको साधारणसभाका प्रमुख अतिथि तथा राष्ट्रिय गानको सर्जक व्याकुल माहिला (प्रदीप राइ)ले संविधान दिवसको दिन सहिदलाई सम्झने, सहिदहरुको वलिदानको सम्मान गर्ने, पुर्खौदेखिको संस्कार र संस्कृति भएको बताउनु भयो । त्यसमा पनि ‘‘देशको व्यवस्था, नेपाली जनताको लागि आफ्नो जीवन वलिदान गर्दे महान् पुर्खाहरु हाम्रो लागि अत्यन्त गरिमामय हुन्छ ।’’ लखन थापा हाम्रा महान् पुर्खा हुन् । पछिल्लो चरणमा आएर राज्यले हेरेन, समाजले हेरेन भन्ने छैन । नेपाल सरकारले अपनत्व लिएर सहिद घोषणा गरेको छ । लोकतन्त्र आएपछि उहाँको मूल्याङ्कन राज्यले गरेको छ ।
उहाँ आफ्नो मगर जाति र भूगोल, क्षेत्र विशेषको लागि लडेकै होइन । जहिले जहानिया राणा शासन विरुद्ध जंगबहादुर राणाले गरेको दुष्कर्मको परिणामलाई लिएर विद्रोह गर्नु भयो । क्रान्ति गर्नु भयो । सिंगो प्रजातन्त्रको लागि, सम्पूर्ण नेपालीहरुको स्वतन्त्रताको लागि उहाँले आफ्नो जीवनको आहुती दिनु परेको थियो । त्यसले गर्दा लखन थापा मगर हामी सबैको साझा महान् सहिद हुनुहुन्छ ।
अझ सरकारले लखन थापा मगरको सम्झनाका खुल्ला हृदयले काम गरोस् भनेर आग्रह गर्न चाहन्छु । लखन थापा मगरलाई राजनीतिक चेतना भएको, क्रान्तिकारी भएको भनेर पुग्दो रहेनछ । जब मैले त्यो बेलाको संस्कृतिको धेरथोर अध्ययन गर्दा हाम्रातिर जोशमनी मतका साधु सन्त भेष कसरी आयो भन्ने चलन छ । यी जोशमनी सम्प्रदायका साधु सन्तको इतिहास हो त्यो बेला । लखन थापा पनि ती मतबाट दीक्षीत, लखन थापालाई फाँसी दिएपछि उहाँकै सहयात्रीहरु पुर्वतिर, ओखलढुंगा रुम्जाटार जानु भएको रहेछ । हाम्रो गाउँमा उहाँहरुले आफ्नो सम्प्रदायको जागरण थालनी गर्नु भएको रहेछ । लखन थापालाई गोर्खामा जन्मेको मात्र भनेर हेर्दैन । लखन थापालाई गुरुको रुपमा पनि हेछौं । त्यस पक्षमा पनि सम्मान र अध्ययन अनुसन्धान गर्ने पर्ने छ । उहाँ त्रिकाल दर्शी महान व्यक्तित्व हुनुहुन्थ्यो । राष्ट्रको लागि ठूलो योगदान गरेको छ । देशको लागि, राष्ट्रलाई अप्ठेरो पर्दा जीवन आहुती गर्नु पर्ने रहेछ भन्ने कुरा हामीले उहाँबाट सिकीरहेका छौं ।

नेपाल मगर संघका अध्यक्ष रक्षा बहादुर रैका मगर प्रथम सहिद लखन थापा मगर मगरको मात्र नभई देशकै सहिद भएकोले एउटा जाति विशेष दृष्टिकोण नराख्न आग्रह गर्नु भएको छ ।
उहाँले गरेको वलिदान समग्र देशभक्त जनताको पक्षमा भएको छ । सहिद प्रतिको सम्मान गर्न मगर संघले सरकारसँग विगतमा गरेको पहलकै कारण प्रथम सहिद घोषणा गरेको बताउनु भयो ।
अध्यक्ष रैका मगरले आगामी दिनमा मगर संघ र प्रतिष्ठानको सहकार्यमा कार्यक्रमलाई अगाडि बढाउने प्रतिवद्धता समेत जनाउनु भएको छ ।
सहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल लखन थापा मगरले बिर्सनु नहुने र बताउनु भयो । सिग्देलले सहिद कसैको नभएर देश र जनताको भएकाले सम्पूण सहिदहरु प्रति सम्मान गर्नु पर्ने बताउनु भयो ।
लेखक तथा राजनीतिज्ञ केशव सूर्यवंशी मगरले २०५३ सालमा प्रथम सहित लखन थापा मगर १९ वर्ष पछि सहिद भएको सामाजिक दर्शनका राजनीतिक चेतना, जोशमनी मत लिएकाले उनी देशप्रतिको गहिरो मायाँ रहेको उनको ‘‘म्लेच्छहरुले देश बेच्यो’’ भनेको शब्दबाट पनि बुझ्न सकिने बताउनु भयो । अरुको हलि गोठालो बन्ने जंगबहादुर राणासँग सहकार्य दूरदर्शी दृष्टिकोण राख्ने १५० वर्ष अगाडि भएको हिम्मत १९१० सालमा संवैधानिक व्यवस्था थियो । मुलुकमा संविधानको पुनर्लेखन गरौं । मैदानमा आफै होमिएर लाग्नु भएको थियो । समाजको परिवर्तनका वाहक, क्रान्तिदूत, जसले १५० वर्ष अघिको कुरा आज पनि मार्गचित्र हुनसक्छ ।
इतिहासकार तथा सह–प्राध्यापक बाबुराम सिंह थापाले नेपाल सरकारले नै प्रथम सहिद घोषणा गरेपछि अरु कुरा गर्न जरुरी नभएको बताउनु भयो । ७ वर्ष अघि मैले प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभुती घोषणा गर्नु पर्छ भनेर सार्वजनिक रुपमा भनेको थिएँ ।
अंग्रेजको शासनकालमा सैनिक विद्रोह दबाउन नेपालबाट जंगबहादुर राणाको नेतृत्वमा नेपाली सैनिकहरु भारत गएको थियो । त्यतिबेला भारतीय आमा र नेपाल आमाको आँसु देखेपछि जंग बहादुर राणासँग उनको मत विभाजन भएको थियो । त्यतिबेला म्लेच्छहरुले देश बेचे भनेर नेपाल भनेका थिए ।
मगर जातिहरुलाई इसाई मिशनरी सुनियोजित ढंगले इसाईकरण गरेको अवस्था छ । अब जाग्ने बेला आएको छ । ऐतिहासिक वंश मिलेर राष्ट्रिय शक्तिकोको रुपमा उभिनु पर्छ । एकातिर राष्ट्रिय शक्तिको जागरणमा जरुरी छ ।
इतिहासकार प्रा.डा.श्रीमननारायण झाले प्रथम सहिद लखन थापा मगरलेको योगदानलाई भुल्नु नहुने बताउँदै न्यायको लागि उनले जनताको पक्षमा लड्दा सहिद भएको बताउनु भयो ।
सहिद लखन थापा स्मृति प्रतिष्ठानका अध्यक्ष जीवन आले मगरले लखन थापा मगरले गरेको वलिदान, मगर जातिहरुको गौरव मात्र नभई देशभक्ति जनताको पक्षमा गरेको बताउँदै राणा शासनको विरुद्ध गरिएको संगठित विद्रोह भएको र पहिलो प्रजातान्त्रिक आन्दोलनको जगको शुरुवात लखन थापा मगरले गरेको योगदानलाई भुल्न नहुने बताउनु भयो ।
एकै समयमा त्यही ठाउँमा पहल सिंह अछामी मगर, जुठ्या थापा मगर, जयसिंह चुमी मगर, विराज थापा मगर, जितमान गुरुङ, अजव सिंह थापा मगर मारिएको बताउनु भयो ।

प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानका उपाध्यक्ष सञ्जोग लाफा मगरले स्वागत मन्तव्य व्यक्त गर्दै सहिद प्रति दिनु पर्ने सम्मान दिन नसकेको बताउनु भयो । नेपाल मगर संघका पूर्व अध्यक्ष गोरे बहादुर थापा मगरले प्रथम सहिद लखन थापा मगर हुन् भनेर गाउँ–गाउँमा गई प्रचारप्रसार गरेको स्मरण गरेका थिए । त्यसो नगरेको भए नेपाल सरकारले २०५३ सालमा सहिद घोषणा गर्ने थिएन । नेपाल मगर संघले प्रथम सहिद हुन यो–यो आधारहरु छन् भनेर उठाइसकेको पछि स्वर्गीय पुर्व प्रधानमन्त्री सुशील कोइरालाको सरकारले आजभन्दा ११ वर्ष अगाडि र १२९ वर्ष पछि प्रथम सहिद घोषणा गरेका थिए ।
उपाध्यक्ष मगरले लखन थापा मगरको योगदान प्रतिको विस्वासनीयतामा कमी आएको छ । आत्मसम्मानमा भ्रम सिर्जना भएको छ । क्रान्तिकारी भन्ने कि, विद्राही, जनविद्रोह भन्ने कि, जनक्रान्ति, हामी मगर जातिले लेख्दा दिग्भ्रमित छ । त्यो परिवेशमा गरिएको वलिदानलाई जनविद्रोहको दायरामा खुम्च्याउनु नहुने बताउनु भयो ।
प्रतिस्ठानको साधारणसभाले डा.विष्णुकुमार सिँज्याली मगरलाई आजिवन सदस्या प्रदान गरेका थिए ।
कार्यक्रम सञ्चालन दिल थापा मगरले गरेका थिए ।