बाह्र मगराँतको क्षेत्रमा आर्थिक व्यवस्थापन, जीवन पद्धतिको सञ्चालन गर्न बनेको साझा संस्था ‘‘मगर भेजा’’ होः अध्यक्ष खिमबहादुर थापा मगर
काठमाडौं असाज २६, मगर भेजा समाज नेपालको आयोजनामा दशैं शुभकामना आदान–प्रदान २०८३ कायक्रमको आयोजना एन्जल स्पोर्ट एकेडेमी मजमैजुमा सम्पन्न गरेको छ ।
दशैं शुभकामना आदान–प्रदान २०८३ कायक्रम आदान–प्रदानको अवसरमा नेपाल मगर संघका कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता गौबहादुर आले मगरले मगर संघ र मगर जातिले दशैं तथा विजयदशमीलाई हेर्ने दृष्टिकोणमाथि प्रकाश पार्नु भएको छ ।
उहाँले मगरसंघले गरेको निर्णय र धार्मिक रुपमा दशैं हिन्दुहरुको विजयसँग सम्बन्ध रहेको भएपनि दशैंको विषय स्पष्ट पार्दै सत्यले विजय प्राप्त गरेको, एउटाले अर्को माथि विजय प्राप्त गरेको दिन, हिन्दुहरुले यो दिनलाई विजय प्राप्त गरेको दिनलाई विजय दशमी अर्थात विजय उत्सव मनाउने दिनको रुपमा रहेको बताउनु । उक्त कुरा मगर भेजा समाज नेपालले आयोजना गरेको दशैं शुभकामना २०८३ को अवसरमा बताउनु भएको हो ।
अनार्यहरुले हामी आर्याले अनार्य माथि विजय प्राप्त गरेको र अनार्यलाई पराजित गरि दमन गरेको उपलब्यक्षमा मनाउने गरेको भएकाले हामीले पराजय भोग्नु, यही पर्वलाई फेरि विजय दशमीको रुपमा मनाउनु हारलाई स्वीकार गरेको अर्थ राख्ने भएकाले यस पर्वलाई मगरहरुले विभिन्न कोणबाट हेर्ने गरेको बताउनु भयो । अन्याय अत्याचार स्वीकार गरेको भन्ने दशैंलाई वहिष्कार गरेको मगर समुदायले विशेष अर्थ राखेको पनि बताउनु भयो । दशैं मान्ने र नमान्ने कुरा पञ्चायती व्यवस्थाको अन्त्य २०४६ सालदेखि पूर्व विजय दशमी मगरहरुको पर्व, विवाद थिएन । तैपनि मान्ने मगरहरुले मान्ने, नमान्ने मगरहरुले नमान्ने गरेको थियो । २०४६ सालको परिवर्तनले दिएको अधिकारबाट आदिवासी समुदायलाई यो पर्व मान्ने वा नमान्ने स्वतन्त्रता भएको हुनाले विजय दशमी मगरहरुको पर्व हो कि, होइन ? गैह्र हिन्दुहरुको पर्व हो कि, होइन भनेर मान्ने र नमान्ने दुबै थरी देखा परेका छन ।
सल्लाहकार आले मगरले नेपाल मगर संघले २०५५ सालमा मगरहरुको धर्म चाही बौद्ध धर्म हो । मगरहरुको धर्म हिन्दु धर्म होइन । दशैंलाई मगरहरुले यो पर्व नमान्ने र परित्याग गर्दै जाने भनेर निर्णय ग¥यो । त्यसमा मगर संघले गरेको निर्णय सबै मगरहरुले मानेका छैनन् । मगर संघले निर्णय निर्णय गरेर हामीलाई बुद्धिष्ट धर्म लाद्ना पाइदैन । हामी क्रिश्चियन बुद्धिष्ट र हिन्दु, मुसलमान, प्रकृतिक धर्म पनि मान्न मगरहरु छौं । मगरहरुको धर्म बुौद्ध धर्म हो भन्ने निर्णय गर्नु त्यायोचित नभएको भनेर नमान्ने समुदायहरु पनि भएको हुनाले हामीले त्यसरीनै हेर्नु पर्ने हुन्छ । व्यक्तिको अधिकार र स्वतन्त्रता प्रति हाम्रो कुनै विमती छैन ।
मगरहरुले विजयदशमीको पर्वलाई दशैंको रुपमा माने पनि नमान्ने सबै प्रति २०८३ सालको दशैं, तिहार, छठ पर्वको हार्दिक शुभकामा व्यक्त गर्नु भएको
