पीआडी भ्रष्टाचार काण्डमा अख्तियारको आँखा

पीआडी भ्रष्टाचार काण्डमा अख्तियारको आँखा

 

रामहरी चौंलागाईं
काठमाडौं । अनामनगरमा रहेको मेलम्ची खानेपानी आयोजना अन्तर्गतको उप– आयोजना कार्यान्वयन निर्देशनालय (पीआडी) मा भएको भ्रष्टचार बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको बताइएको छ ।

आफु जोगिनको लागि बाठो बनेर भ्रष्टचारमा संलग्न कर्मचारीले नै आयोगमा उजुरी दर्ता गरेको तर आयोगले उल्टै तीन आर्थिक वर्षको बिल भपाई माग गरेपछि अनियमिततामा संलग्न कर्मचारी झस्किएको बताइन्छ ।

कार्यालयले खरिद गरेका कार्यालय प्रयोजनार्थ प्रचारप्रसार, इन्धन, मर्मत र कार्यालय सामान खरिदलगायत प्रक्रियासहितको कागजपत्र र बिल भर्पाइ आयोगले माग गरेपछि उजुरीकर्ता नै यतिखेर बिलखबन्दमा परेको समाचारस्रोतले जानकारी दिएको छ । जसले उजुरी हाल्यो त्यही व्यक्ति छ वर्षसम्म उक्त कार्यालयमा जनसम्पर्क अधिकृतको रुपमा रहेर सामान खरिद र भुक्तानीमा संलग्न रहेको समाचारस्रोत बताउँछ ।
उनीहरुले तीन करोडको सामान खरिद गरेको बिल भर्पाइ तयार पारेर स्टोरमा सामान नै दाखिला नगरी लेखाबाट भुक्तानी लिएर अनियमिता गरेका थिए । सो काण्डबाट जोगिन उनीहरुले नै आयोगमा उजुरी दिएको समाचारस्रोतले बताएको छ । आयुक्त जयबहादुर चन्द सुदुरपश्चिमकै भएका कारण कारवाहीबाट जोगिने अपेक्षा उनीहरुले गरेका थिए ।

तर घटनाले उल्टो मोड लिएपछि हाल केयुकेएलका प्रवक्तासमेत रहेका प्रकाश राई र राजेन्द्र बमहरुको निद हराम हुन पुगेको समाचारस्रोत बताउँछ ।
मन्त्रीको अगाडि पछाडि लाग्दै ट्रेड युनियनको नाममा भ्रष्ट कर्मचारीलाई जोगाउन लागि परेका तेजेन्द्र कार्की पनि आयोगले चालेको कदमबाट रन्थनिन पुगेको बताइएको छ । बमको पालामा ७६ लाख दैनिक कार्यालय संचालनमा खर्च भएको देखाएको भएपनि उक्त रकम बास्तविक नभएर बनावटी रहेको समाचारस्रोतले जानकारी दिएको छ ।

गत आवको तुलानामा यो वर्ष १३ लाख रकम कम खर्च भएको बताइएको छ । बिग्रिएर ग्यारेजमा थन्काइएको गाडीमासमेत इन्धन भरेको खर्च देखाएर बमको टिमले व्यापक अनियमितता गरेको जानकारस्रोत बताउँछ ।
छ वर्षसम्म आयोजना कार्यान्वयन कार्यालयमा खर्च भएको कार्यालय सामग्रीको हिसाब किताब उर्तानका लागि यतिखेर बिहान बेलुकी ओभरटाइम दिएर कर्मचारी खटाउनुले पनि अनियमिततालाई थप पुष्टि गरेको छ ।

हाल खानेपानी तथा ढल व्यवस्थापन विभागमा महानिर्देशक रहेका तिरेश खत्री यही आयोजना प्रमुख भएकै बखत यी अनियमितता भएको जानकारस्रोत बताउँछ । यस अघि पनि महानिर्देशक खत्रीले कोइरालाथरका सिनियर इन्जिनियरलाई वाइपास गरेर तत्कालिन खानेपानी मन्त्रालयका सचिव माधव वेलवासेलाई राम्रै रकमको व्यवस्था मिलाएर महानिर्देशक पड्काएका थिए ।

उक्त समयमा सचिव वेल्वासेको यो चलाखीमा तत्कालिन खानेपानी मन्त्री रहेकी विना मगरले आँखा चिम्लिदा खत्रीलाई झन् खुदो पल्टेको थियो ।
ललितपुर शाखामा घोटालाको नयाँ तरिका
उपत्यका खानेपानी लिमिटेड केयुकेएल अन्तर्गतको ललितपुर शाखामा कार्यरत सिनियर प्लम्बर विकास महर्जनले नयाँ चावी र पानीको मिटर जडानको नाममा पुरानोलाई रङ्गरोगन गरेर नयाँ खरिद गरेको बिल भर्पाइ बनाएर अनियमितता गर्ने गरेको रहस्य बाहिर आएको छ । श्रीमतीको नाममा कम्पनी खडा गरेर खानेपानी पाइपको मर्मत गरेर कुम्लाउँदा पनि सन्तुष्ट हुन नसकेका महर्जनले दिनदहाडै यस्ता अवैध गतिबिधि संचालन गर्दै आएको जानकारस्रोतले बताएको छ ।

२० इन्च चावीको बजार मुल्य ३ लाख देखि तीन लाख ५० हजार पर्ने भएपनि महर्जनले चार लाख देखि ५ लाख मुल्यको बिल भर्पाइ बनाएर पेश गर्दै आएको बताइन्छ । उनको यो धन्दामा शाखा कार्यालयका इन्जिनियर बिजय बिश्वकर्माले सहयोग पु¥याउने गरेको समाचारस्रोत बताउँछ ।
पल्म्बर तथा सुपरभाइजरलाई परिचालन गर्नको लागि कार्यालय प्रमुख डोलप्रसाद चापागाईंसँग मिलेमतो गरी महर्जन आफैं साइड इन्चार्ज बन्ने गरेका छन । श्रीमतीको नाममा नेपा र पिएस नामका कम्पनी खडा गरेर उनले आफनो कमाउ धन्दालाई पनि निरन्तरता दिनको लागि पनि सहयोगिको भुमिका निर्वाह गरिरहेको बताइएको छ ।

केयुकेएलका शाक्यको कमजोरी फाइदा उठाउँदै
उपत्यका खानेपानी लिमिटेड केयुकेएलको सिइओको भुमिकामा मिलन शाक्य छन । तर सम्पुर्ण काम कारवाही संचालन विभागबाट हुने गर्दछ । उक्त विभागबाट स्वीकृत नभइकन विकास निर्माण, खरिद र भुक्तानीलगायतको काम सिइओ शाक्यले चाहाँदैमा हुन सक्दैन । उक्त संचालन विभाग प्रमुखमा चापागाईंलाई लैजानका लागि खानेमन्त्री उमाकान्त चौधरीलाई पाँचलाख अतिरिक्त शुल्क बुझाएको महर्जनले बताउने गरेको शाखा परिसरमा गाईगुईं हल्ला चल्दै आएको छ । आफुले सम्पुर्ण बिषयहरु मुख्य कार्यालयमा मिलाइसकेकोले राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाहेर पनि कारवाही गर्न नसक्ने भन्दै हिंडेको जानकारश्रोत बताउँछ ।

फुटेको पाइपमा सिसाको जरी, भुक्तानी भने नयाँको
महर्जनले पानी लिक भएको पुरानो पाइपमा जरी सिसा जस्तो एक किसिमको बस्तुलाई तताएर टाँसेर नयाँ खरिद गरेको भन्दै उपभोक्ताको आँखामा छारो हालेर नयाँ पाइपको बिल भपाई बनाएर रकम असुल्ने गरेको बताइएको छ । फुटेको चावी मर्मत गर्ने र नयाँ खरिद गरेको देखाएर रकम असुल गर्ने गरेको समाचारस्रोतले बताएको छ । केयुकेएलको वोर्डमा कम्पनी सचिवसहित नौ जना रहेका छन । काठमाडौं महानगरपालिकाको दुई र ललितपुरको महालक्ष्मी नगरपालिकाले १ जना प्रतिनिधि नपठाउँदा वोर्डले पुर्णता पाउन नसकेको बताइन्छ । तर केयुकेएलको वेभ साइडमा भने नौ जनाको नै उल्लेख गरिएको छ । साँघु न्युज

तीस अधिकृत भए उपसचिवमा बढुवा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ०७८ माघ २६ गते बसेको बढुवा सिफारिस समितिको बैठकले सामान्य प्रशासन समूहका ३० जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ । उच्चतम अंक निर्धारणका आधारमा तीस जना अधिकृतलाई राजपत्राङकित द्वितीय श्रेणीको उपसचिव पदमा बढुवा गरेको हो । ३० जना उपसचिवका लागि बरिष्ठताको आधारमा ३ सय १५ जनाले दरखास्त दिएका थिए ।
ती मध्ये योग्यता नपुगेको भन्दै २७ जना पहिलो चरणबाटै बाहिरिएका थिए भने २ सय ८८ जना मात्र योग्यता छनौट सुचीमा परेको मन्त्रालयश्रोतले जानकारी दिएको छ । सामान्य प्रशासन समुहबाट उपसचिवमा बढुवा हुने अधिकतम अंकको आधारमा पहिलो नम्वरमा ओमप्रसाद भट्टराई परेका छन । बाँकी २९ जनामा क्रमश सोमनाथ गौतम, ओमबहादुर अधिकारी, टेकप्रसाद पुलामी, नेत्रप्रसाद घिमिरे, राधा देवकोटा (उपाध्याय), इन्दिरा आचार्य, उमेश श्रेष्ठ, मधु अर्याल (खनाल), नीरा अधिकारी र निराजकुमार खत्री रहेका छन ।
यसैगरी, खड्गबहादु श्रेष्ठ, रामकृष्ण अधिकारी, लक्ष्मीदेवी शर्मा, रमिला भण्डारी, कृष्णप्रसाद हुमागाईँ, दीपक ढकाल, सञ्जयबहादुर राजलवट, यामनारायण गौली र रामबहादुर केसी पनि उपसचिवमा बढुवा हुने सुचीमा परेका छन् ।
त्यस्तै, बढुवा हुनेहरुमा राजु कुँवर, बुद्धिबहादुर खत्री, सुकदेव लम्साल, जनकराज शर्मा, लक्ष्मणबहादुर कठायत, कृष्ण थापा, बन्दनाकुमारी केसी, शशी राई, अमृतबहादुर राई र दशरथ राई रहेको मन्त्रालयले जानकारी दिएको छ ।

योग्यता पुगेर पनि अधिकतम नम्वर नपुगेर उपसचिव बन्न नपाएकाहरु…
बढुवा सिफारिस समितिले ९९.०७८८ नम्वर प्राप्त गरेका अधिकृतलाई बढुवाको लागि सिफारिस गरेको बताइएको छ । दशरथ राई र राजेश्वरी खत्री सापकोटाले उति नै अर्थात बरावरी नम्वर प्राप्त गरेपनि कार्य सम्पादन र मुल्याङकनका आधारमा राई भन्दा सापकोटा पछाडि परेकी छिन । त्यसैगरी शाखा अधिकृतबाट ९८.६८८६ नम्बर प्राप्त गरेर पनि उपसचिव हुन बञ्चित भएकाहरुमा धर्मराज न्यौपाने, ओम प्रसाद पाण्डे, अर्जुन बहादुर थापा, पदमलाल लामिछाने, किरणनिधी तिवारी, माधवप्रसाद अधिकारी, बसन्त न्यौपाने, राम बहादुर तामाङ्ग, भगिरथा गैरे, राजकुमारी अधिकारी रहेका छन ।
त्यस्तै कमल बहादुर कार्की, पूर्ण बहादुर केसी, मोहन कुमार घिमिरे, भोला खड्का, माधव कार्की, बाबुकृष्ण ढकाल, सिताराम खड्का, कैलाश बहादुर ठकुराठी, घनप्रसाद गौतम, दीपक प्रसाद न्यौपाने, जगदिश अर्याल, दिवाकर शर्मा, जित बहादुर भण्डारी, नारायण प्रसाद भट्टराई, कृष्णप्रसाद पौडेल, कमल प्रसाद पुन, पदम प्रसाद अर्याल, नारायण न्यौपाने, आश्विन कुमार पोखरेल, पवन राज कोइराला, बीरबहादुर कार्की, शुशीला श्रेष्ठ, खगेन्द्र प्रसाद भट्ट, टंक प्रसाद भट्टराई, युवराज अर्याल, पितानाथ लुइँटेल, धनेश्वर पौडेल, गणेश बहादुर कटवाल, रामदत्त भट्ट, खेमराज देवकोटा, मेघराज पन्त, पोषण लामिछाने र देवराज चौलागाईंले ९९.०२४६ अंक प्राप्त गरेर पनि बढुवा सिफारिस हुन सकेनन् । झन् ९८.०००० भन्दा तल अंक ल्याउने त पर्ने कुरै भएन । यो समूहमा २१२ जना रहेका छन् । एकै समूहका भएर पनि कम अंक ल्याउनेले बढुवाका लागि समय पखर्नुपर्ने छ ।

लोकप्रिय