आज यी प्रदेशमा वर्षाको सम्भावना कायमै
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले हाल सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


प्रतिकृया दिनुहोस्