साहसिक पर्यटनका लागि हिमालयन गार्जियन नेपालको विशेष सुरक्षा कार्यक्रम सार्वजनिक
काठमाडौं । हिमालयन गार्जियन नेपाल (एचजीएन) नेपालमा साहसिक पर्यटनको सुरक्षालाई व्यवस्थित, भरपर्दो र अन्तर्राष्ट्रिय रूपमा विश्वासयोग्य बनाउने उद्देश्यले स्थापना गरिएको पहिलो समग्र सुरक्षा प्रणाली हो। हिमाली क्षेत्रमा यात्रा गर्ने विदेशी पर्यटक, ट्रेकर र पर्वतारोहीहरूको सुरक्षा सुनिश्चित गर्नु यसको मुख्य लक्ष्य रहेको छ।
नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि नक्कली बीमा, उद्धारमा ढिलाइ र कमजोर चिकित्सकीय समन्वयजस्ता समस्या देखिंदै आएका थिए। यिनै समस्याको समाधानका लागि काठमाडौंमा आधारित एचजीएन स्थापना गरिएको हो। एचजीएनले बीमा, प्रविधि, उद्धार र स्वास्थ्य सेवालाई एउटै संरचनामा जोडेर साहसिक पर्यटनलाई सुरक्षित बनाउने प्रयास गरेको छ।
एचजीएनको प्रमुख पहल कम्प्रिहेन्सिभ टुरिजम गार्ड (सीटीजी) हो। यस प्रणालीअन्तर्गत बीमा सेवा, जीपीएस ट्र्याकिङ, स्याटेलाइट सञ्चार र चौबीसै घण्टा उद्धार सेवालाई एउटै प्याकेजमा समेटिएको छ। यात्रुहरूले आफ्नो यात्राको प्रकृतिअनुसार आधारभूत, प्लस र प्रो प्याकेज खरीद गर्न सक्ने व्यवस्था गरिएको छ।
बीमा सेवाका लागि एचजीएनले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स नेपालसँग सहकार्य गरेको छ भने लण्डनस्थित लोयड्स, एभरेष्ट री र हानोभर री जस्ता अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूको समर्थन पनि रहेको छ। यस बीमाले दुर्घटना, उचाइसम्बन्धी रोग, आपतकालीन उद्धार, चिकित्सकीय उपचार, आकस्मिक मृत्यु वा अपाङ्गता तथा यात्रु वा शव स्वदेश फिर्ता पठाउने खर्च कभर गर्दछ। बीमा कभरेजको सीमा अधिकतम ३५ हजार अमेरिकी डलरसम्म रहेको छ।
यो प्रणाली जीपीएस–ट्रेसर उपकरणमार्फत सञ्चालन हुन्छ जसले यात्रुको अवस्थालाई वास्तविक समयमा निगरानी गर्छ र आपतकालीन अवस्थामा एसओएस संकेत पठाउन सक्ने सुविधा दिन्छ। काठमाडौंस्थित चौबीसै घण्टा सञ्चालन हुने कल सेन्टरले यात्रुहरूको निगरानी गर्दै आपतकालीन अवस्था आएमा ३० मिनेटभित्र हेलिकप्टर वा स्थल उद्धार टोली परिचालन गर्ने व्यवस्था गरेको छ।
पर्यटकका लागि ३ हजार ५०० मिटरसम्म र १४ दिनको यात्राका लागि आधारभूत प्याकेजको शुल्क १६ अमेरिकी डलर रहेको छ। ट्रेकरका लागि ५ हजार ५०० मिटरसम्म र १४ देखि २८ दिनसम्मको प्लस प्याकेजको शुल्क १५० देखि ३०० अमेरिकी डलरसम्म पर्छ। त्यस्तै ६ हजार मिटरसम्म र ६० दिनसम्मका लागि पर्वतारोहीहरूका लागि प्रो प्याकेजको शुल्क ५०० अमेरिकी डलर तोकिएको छ।
एचजीएनले प्रविधिका लागि बेइदोउ कम्युनिकेशनलगायतका संस्थासँग सहकार्य गरेको छ। चिकित्सकीय सहयोग ह्याम्स अस्पताल र ओभरसिज फ्रेन्डसिप इन्टरनेशनल अस्पतालमार्फत प्रदान गरिन्छ भने उद्धार कार्य असिस्ट अमेरिका र अल्पाइन रेस्क्युजस्ता संस्थाहरूसँग समन्वयमा सञ्चालन गरिन्छ।
उदेश्य
– एचजिएनको मुख्य उदेश्य नेपालतथाहिमाली साहसिक यात्रालाई अझ सुरक्षित, भरपर्दे र अन्तर्राष्ट्रिय रुपमा विश्वासयोग्य बनाउनु हो । जसका लागि आईजिआई प्रुडेन्सियल लगायत अन्तर्राष्ट्रिय स्तरमा परिचित पुर्नबीमा कम्पनीहरु जस्तै लन्डनको लोयड्स, एभरेस्ट रि, ह्यानोभर रि, लगायतले संयुक्त रुपमा सहकार्य गरेका छन् ।
– उपलब्ध बीमा नीतिहरु एचजिएनले विदेशी पर्यटकहरुलाई दुर्घटना, उचाई सम्बन्धी रोग ९ ब्तिष्तगमभ क्ष्अपलभकक० र आपतकालिन अवस्थाबाट सुरक्षा प्रदान गर्दछ ।
– साहसिक यात्रामा समस्या परे आपत्कालिन उद्दार र उपचारमा हजारौँं डलर खर्च हुन्छ । जसले यात्रुहरुलाई अतिरिक्त बोझपर्छ पर्ने भएकाले यही समस्याको समाधान हो एनजिएन ।
प्याकेजहरु
साधारण पर्यटकदेखि व्यावासायिक पर्वतारोही सम्मका लागि फरक फरक प्याकेजहरु उपलब्ध छन् । शुल्क १६४ देखि व्यावसायिक अभियानका लागि ५ सय४ सम्म रहन्छ । प्याकेजको अवधि न्यूनतम ७ दिन हो भने अधिकतम् ६० दिन हो । अहिलेको लागि १८ वर्षदेखि ६० वर्षसम्मका लागि यी प्याकेजहरु उपलब्ध छन् । आगामी दिनमा उमेरहद थप गरी १८ देखि ७० वर्षसम्म रहनेछ ।
प्रणाली
– यो सेवा GPS Tracer डिभाइस मार्फत सञ्चालन हुन्छ, जसले वास्तविक समयमा ट्राकिङ र एसओएस अलर्ट सुविधा प्रदान गर्दछ ।
– २४÷७ कल सेन्टरले यात्रुहरुको निगरानी गर्दछ ।
– आपत्कालिन अवस्थामा उद्दार टोली परिचालन सुनिश्चित गर्दछ ।
– बीमा कभरेजमा चिकित्सकीय उपचार, उद्दार खर्च, आकस्मिक निधनवा अपाङ्गता तथा शव वा यात्रु फिर्ता पठाउने सुविधा समावेश छ ।
सहकार्य
– एचजिएनले बहुचर्चित अन्तर्राष्ट्रिय सेवाप्रदायकहरुसँग सहकार्य गरेको छ ।
– चिकित्सकीय सहयोग : विभिन्न अस्पताल, स्वास्थ्यचौकी तथा स्वास्थ्य केन्द्रमार्फत
– उद्दार कार्य : अन्तर्राष्ट्रिय मापदण्ड अनुसार Alpine Rescue लगायतका संस्थासँग समन्वयमा ।
एचजिएन नै किन ?
– अनाधिकृत उद्दार निर्मूल पार्न
– ढिलो उद्दार र कमजोर चिकित्सकीय समन्वयनका समस्याहरु समाधान गर्न ।
–अन्तर्राष्ट्रिय यात्रुहरुमा विश्वास निर्माण गर्न
– सुरक्षित साहसिक गन्तव्यको रुपमा नेपालको छवि मजबुत बनाउन ।
नेपाल बीमा प्राधिकरण र नेपाल दुरसञ्चार प्राधिकरणबाट इजाजत प्राप्त ।
कसरी काम गर्छ ?
–यात्रुहरुले आवश्यक प्याकेज खरिद गर्छन् ।
– क्इक् सुविधा सहित डिभाइस प्राप्त गर्दछन् ।
– २४÷७ कल सेन्टरले निगरानी र आपतकालीन प्रतिक्रिया गर्छ
– ३० मिनेटभित्र उद्दार दल परिचालन हुन्छ ।
– बीमाले चिकित्सकीय उपचार, उद्दार खर्च, आकस्मिक निधन÷अपाङ्गता र Repatriation ($35,000) कभर गर्दछ ।
हाल सञ्चालन भईरहेका सिटिसि प्याकेजहरु
– पर्यटक : ३५०० मिटरसम्म
– ट्रेकर :५५०० मिटरसम्म
– पर्वातारोही : ६,००० मिटरसम्म
निकट भविष्यमा सञ्चालन हुने सिटिसि प्याकेजहरु
– Super Basic २००० मिटरसम्म
– NEPAL MOUNTAINEERING ASSOCIATION PEAKS(NMA27 PEAKS)
लक्षित समूह
– विदेशी पर्यटक, ट्रेकर, पर्वतारोही, साहसिक यात्रु
साझेदारी
– बीमा : IGI Prudential, Lloyd’s of London(England), Everest Re(Bermuda), Hannover Re(Germany), Huatai Insurance(China), Everpro Insurance(China)
– प्रविधि ::Beidou Communication, Sutai Tech, Weiren Tech
– चिकित्सकीय : HAMS Hospital
– उद्दार : Alpine Rescue
संस्थाको विश्वास
हिमालयन गार्जियन नेपाल (एचजिएन) केलब एउटा बीमा प्रदायककम्पनी मात्र होइन, यो हिमाली साहसिक यात्राको एकमात्र विश्वासिलो, भरपर्दो र सम्पूर्ण संरक्षक हो । सुलभ मूल्य, अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय विश्वासलाई एकीकृत गर्दै हिमालयन गार्जियन नेपालले प्रत्येक यात्रुका लागि पूर्ण सुरक्षा इकोसिस्टम प्रदान गर्दछ ।
GPSTracer डिभाइस, २४÷७ निगरानी, Cashless Treatment छिटो उद्दार समन्वय र विश्वस्तरीय बीमा कभरेज मार्फत हिमालयन गार्जियन नेपालले ट्रेकर, पर्वतारोही र पर्यटकहरुलाई ढुक्कसँग सम्पूर्णनेपाल रनेपालकोसुन्दर हिमाल अन्वेषण गर्ने आत्मविश्वास दिन्छ ।
हिमालयन गार्जियन नेपाल साहस र सुरक्षाबीचको पुलका रुपमा उभिँदै, बिदेशीपर्यटकलाई मानसिक शान्ति प्रदान गर्दछ र सुरक्षित तथा दिगो पर्यटनका लागि नेपालको विश्वस्तरीय प्रतिष्ठा अझ बलियो बनाउँछ ।


प्रतिकृया दिनुहोस्