बैंककमा नेपाली कराते खेलाडीको ऐतिहासिक सफल

बैंककमा नेपाली कराते खेलाडीको ऐतिहासिक सफल

 

काठमाडौ । थाइल्यान्ड इन्टरनेशनल च्याम्पियनसिप २०२६ अन्तर्गत फेब्रुअरी १५ तारिखदेखि Bangkok मा सम्पन्न प्रतियोगितामा नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पाँच पदक हात पारेका छन्। Nepal Shotokan Karate Do Union (SKDUN) का खेलाडीहरूले दुई स्वर्ण, दुई रजत र एक कास्य पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा उचो बनाएका हुन्।

प्रतियोगितामा ८०+ केजी तौल समूहमा मिङ्मार तामाङले स्वर्ण पदक जित्दै नेपालको झण्डा फहराए भने ५५+ केजी समूहमा विवेन्द्र तामाङले पनि स्वर्ण जित्दै टोलीलाई थप गौरव दिलाए। त्यसैगरी ५५+ केजीमा सुशील लामाले र ५०+ केजीमा निरमाया तामाङले रजत पदक जिते। ८०+ केजीमै सुदर्शन बन्जाराले कास्य पदक हासिल गर्दै नेपालको पदक संख्या पाँच पुर्‍याए। ७५+ केजी समूहमा सहभागी दिपक तितुङ्गले समेत प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका थिए।

टोलीको व्यवस्थापन टिम म्यानेजर आइतेराम थिङको नेतृत्वमा सम्पन्न भएको थियो। कुमुते कोच राम नारायण श्रेष्ठ र काता कोच निमा तामाङले खेलाडीलाई प्रशिक्षण दिएका थिए भने अफिसियल जानुका देवी मगर तथा रेफ्री चित्र प्रसाद श्रेष्ठ र अंकध्वज मोतेले प्रतियोगितामा सक्रिय भूमिका निर्वाह गरेका थिए।

थाइल्याण्ड कप आयोजक समितिले विजेता नेपाली खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ सफलताको कामना गरेको छ। यस सफलताले नेपाली कराते खेलको अन्तर्राष्ट्रिय छवि थप मजबुत बनाएको छ भने युवा खेलाडीहरूमा उत्साह र प्रेरणा थपेको छ ।

लोकप्रिय