पहिलो राष्ट्रिय तमू भेडा कप फुटबल प्रतियोगिता सम्पन्न
पहिलो राष्ट्रिय तमू भेडा कप फुटबल प्रतियोगिता सम्पन्न
काठमाडौं। खोटाङे गुरुङ युवा समूहको आयोजनामा सम्पन्न पहिलो राष्ट्रिय तमू भेडा कप फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रारम्भिक रूपमा असोज ३ देखि ६ गतेसम्म आयोजना गर्ने योजना भए पनि देशको परिस्थितिका कारण प्रतियोगिता कार्तिक २७ देखि २९ गतेसम्म सारिएको थियो। समय अभावका कारण थप एक दिन राख्दै फाइनल खेल कार्तिक ३० गते सम्पन्न गरिएको हो।
प्रतियोगिताको दर्ता शुल्क ९,९९९ रुपैयाँ तोकिएको थियो। आयोजकका अनुसार कार्तिक २५ गतेभित्र दर्ता गरिएको टिम संख्या २० पुगेको थियो, जुन प्रारम्भिक अपेक्षा भन्दा धेरै भएको समन्वयक रुपन काजी गुरुङले बताए। प्रतियोगितामा काठमाडौं उपत्यका तथा विभिन्न जिल्लाका गुरुङ समुदायका संस्थाहरूले मात्र सहभागीता जनाउन पाउने तथा खेलाडीहरू अनिवार्य रूपमा गुरुङ हुनुपर्ने नियम थियो।
प्रतियोगिताको पहिलो स्थान च्या चुरक गोरखाले हात पार्यो। विजेता टिमले एक लाख रुपैयाँ, मेडल, प्रमाणपत्र, कप तथा खोटाङबाट ल्याइएको भेडा पुरस्कारस्वरूप प्राप्त गर्यो।
दोस्रो स्थान संखुवासभा तमू सेवा समितिले हासिल गर्दै ५० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
तेस्रो स्थान संयुक्त रूपमा धादिङ तमु गुरुङ समाज र गुरुङ बोइज लमजुङ ले पाउँदै २५ हजार रुपैयाँ, मेडल, प्रमाणपत्र र कप प्राप्त गरे।
व्यक्तिगत विधातर्फ—
-
बेस्ट गोलकिपर: संखुवासभाका पासाङ गुरुङ (नगद ५,०००)
-
उत्कृष्ट खेलाडी: गोरखाका दिपेश गुरुङ (नगद ५,०००)
-
शर्वाधिक गोलकर्ता: संखुवासभाका विमल गुरुङ
निर्धारित समयमा खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमार्फत च्या चुरक गोरखाले ५–४ ले जित दर्ता गरेको हो।
समाजका पदाधिकारी, सल्लाहकार तथा प्रमुख अतिथि तमु ह्युल छोंज धींका वरिष्ठ उपाध्यक्ष डम्बर गुरुङ र विशेष अतिथि राजु गुरुङले खेलाडीहरूलाई प्रोत्साहन गर्दै पुरस्कार वितरण गरेका थिए।


लेखकको सम्वन्धमा