विद्यार्थीलाई पठनयोग्य सामाग्री वितरण

विद्यार्थीलाई पठनयोग्य सामाग्री वितरण

काठमाडौ । हाम्रो बालापन नेपालले जन उदय माध्यामिक विद्यालयका विद्यार्थीलाई पठन योग्य सामाग्री (बाल बथाका किताव) वितरण गरेको छ । संस्थाका अध्यक्ष मथुरा थापाले यही पुस ९ गते बुधबार सो विद्यालयमा पुगी १८० विद्यार्थीहरुलाई बाल कथाका किताब वितरण गरेकी हुन् । कथा सुन्दा या पढ्दा कल्पना शक्ति र एकाग्रताको विकास हुने संस्थाका अध्यक्ष मथुरा थापाले बताइन् ।

 

उनले भनिन् ‘कल्पना शक्ति र एकाग्रताको विकास बालबालिकालाई कथा सुनाउनु र पढाउनु पर्दछ । बालबालिकाले सिक्नका लागि एकाग्रता र कल्पनाशील क्षमताको विकास हुनु अति आवश्यक छ । बालबालिकाले कथा सुन्दा धेरे धन्दा धेरै नयाँ शब्दहरु सिक्न सक्छन् । यसबाट बालबालिकामा भाषाको विकास हुन्छ ।’

 

कथा किन सुनाउने ?
कथाको माध्यमबाट बालबालिकाहरुलाई पढाईप्रति आर्कषित गराउन सकिन्छ । सिधै किताब दिएर पढ्न लगाउन भन्दा कथाका किताब दिएर पढ्न सिप (Pre-Reading Skills) को विकास गराउन सक्छौैँ । रमाईला कथाका किताबहरु दिएर पढई प्रति मोह जगाउन सक्छौँ ।

 

 

विभिन्न अध्ययनले पनि प्रमाणित गरिसकेको छ कि जब साना उमेर देखि नै बालबालिकाहरु पढ्न रुचाँउदैछन, ठूलो हुँदै जादा पनि बालबालिकाहरुको पढाई प्रति सकारात्मक धारणाको विकास हुने गर्दछ जसले गर्दा उनीहरुको शैक्षिक नतिजा पनि राम्रो आउने गर्दछ ।

 

हामीले कथाको माध्यमबाट बालबालिकाहरुलाई विषयबस्तुको ज्ञान पनि समावेश गरेर सिकाउन सक्छौँ, बानी व्यवहोराका कुराहरु पनि सिकाउन सक्छौँ, कथा भनिरहँला प्रयोग हुने नयाँ शब्दहरु बाट बालबालिकाहरुको भाषाको विकास हुने गर्दछ । कथा भनिरहँदा प्रस्तुत गरिने हाउ भाउ, कथाको पात्रको प्रस्तुती अनुसार बालबालिकाहरु कहिले खुशी व्यक्त गर्दछन त कहिले दुःखी हुन्छन, दुःखी हुदा पनि आफुलाई समाल्न सिकिरहेको हुन्छन यही बालबालिकाहरुको भावनात्मक विकास भईरहेको हुन्छ ।

 

हामीले कथा भनिरहँदा बीच बीचमा प्रश्न पनि गर्नु पर्दछ र उनीहरुलाई एकछिन सोच्ने मौका पनि दिनु पर्दछ र उनीहरुले आफ्नो–आफ्नो तर्क शरण गर्दछन, यसो गर्दा बालबालिकाहरुको कल्पनाशिलता र सिर्जनशिलताको पनि विकास हुने गर्दछ ।

लोकप्रिय