साल्ट ट्रेडिङको शेयरधनीलाई १० प्रतिशत बोनस शेयर

साल्ट ट्रेडिङको शेयरधनीलाई १० प्रतिशत बोनस शेयर

 

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ।
माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफाबाट उक्त बोनस सेयर दिने तथा बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १६ लाख ३ हजार ५८४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव स्वीकृत गरेको हो।
कम्पनीका अनुसार प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन्। यस निर्णयसँगै कम्पनीका सेयरधनीलाई प्रतिफल दिने प्रक्रियाले औपचारिकता पाएको छ।

लोकप्रिय