फागुन २१ को निर्वाचन प्रभावकारी बनाउन अन्तरपुस्ता सरोकार संवाद सम्पन्न

फागुन २१ को निर्वाचन प्रभावकारी बनाउन अन्तरपुस्ता सरोकार संवाद सम्पन्न

 

काठमाडौं। गैरसरकारी संस्था महासंघ काठमाडौंको आयोजनामा फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र प्रभावकारी बनाउने उद्देश्यले आज काठमाडौंमा अन्तरपुस्ता सरोकार संवाद कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष शोभा अर्यालले लोकतन्त्र सुदृढीकरणका लागि सबै पुस्ताको सहभागिता अपरिहार्य रहेको बताउनुभयो। उहाँले अनुभव र परिपक्वता बोकेको अग्रज पुस्ता तथा ऊर्जा र परिवर्तन सोच भएको युवा पुस्ताबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

अर्यालले “सबै पुस्ताको सक्रिय सहभागिताले मात्र लोकतन्त्र उन्नत र सशक्त बन्छ” भन्दै नागरिक हुनु भनेको केवल मतदान गर्ने अधिकार प्रयोग गर्नु मात्र नभई राष्ट्र निर्माणमा जिम्मेवार भूमिका निर्वाह गर्नु पनि भएको स्पष्ट पार्नुभयो।

कार्यक्रममा गैरसरकारी संस्था काठमाडौंका अध्यक्ष राम भट्टराईले हामी एउटै ऐन अन्तर्गत रहेका नागरिक अगुवा संस्थाले एक अर्काले नागरिक सरोकारका बिषयमा हातेमालो गर्दै अघि बढ्दा मुलकलाई फाइदा हुने कुरा बताउनु भयो।

कार्यक्रममा निर्वाचनलाई कसरी सफल पार्ने भन्नेकुरा सम्बन्धि दुईवटा बिषयमा छलफल भयो। निर्वाचन आचारसंहिता सम्बन्धि बिषयमा निर्वाचन आयोगका उपसचिव सीता पुन र गैरसरकारी संस्था वागमतीका सचिव नरेशराज श्रेष्ठले अन्तरपुस्ता सरोकारका बिषयमा प्रस्तुती करण पनि गर्नुभएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष राम भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा अधिवक्ता निर्मल उप्रेतीले सहजीकरण गर्नुभएको थियो।

लोकप्रिय