भूपू विद्यार्थी मञ्च आनन्द ज्योति माविमा सुशीला अधिकारी (सिग्देल) तेस्रो कार्यकालका लागी निर्वाचित
कास्की । भुपू विद्यार्थी मञ्च आनन्द ज्योति मावि, बेगनास पोखरा–३१ मा अध्यक्षमा सुशीला अधिकारी सिग्देल निर्वाचित भएकी छन् ।शनिबार सम्पन्न मञ्चको छैटौं बार्षिक साधरणसभा एंब तेस्रो अधिबेशनबाट अधिकारी सिग्देलको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको छ । मञ्चको उपाध्यक्षमा कृष्णराज आचार्य, सचिवमा अर्जुन पौडेल र कोषाध्यक्षमा केशबराज तिवारीलाई निर्वाचित गरेको छ । यसैगरी सदस्यहरुमा गोमा तिवारी सोती, टेकनाथ पोख्रेल, प्रकाश सापकोटा, अनिता अधिकारी पोख्रेल, शिबहरी सुवेदी, रोशनराज तिवारी र सुर्य सुबेदी चयन भएका छन् ।
संस्थाका सल्लाहकार चन्द्र बहादुर सुबेदी संयोजक र सल्लाहकार चिरञ्जीवी अधिकारी र आनन्द ज्योति माविका प्रधानाध्यापक शिबराज अधिकारी सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरी सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
उक्त कार्यक्रममा स्वागत शुशिला अधिकारी सिग्देलले गरेकी थिइन २०७६ सालमा स्थापना भएको मन्चको उद्देश्य आनन्द ज्योति मा.विमा अध्ययन पश्चात कार्यव्यस्तताले बिभिन्न ठाउमा रहेका पूर्व विधार्थीहरु सबैलाइ संगठित गर्ने र भाइचाराको सम्बन्ध बलियो बनाउने रहेको छ यस बिधालयले धेरै राष्ट्रको लागी योगदान गर्नसक्ने बुद्दिजीबीहरु उत्पादन गरेको छ यसमा हामीले गर्ब गर्नुपर्छ भनी स्वागत गरेकी थिइन ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कडेलले सामुदायिक विद्यालयहरुको गुणस्तर कमजोर छ भन्ने भाष्यलाई चिर्न आनन्द ज्योति मा।बि। सफल भएको बताए । गत बर्षको एसईई परिक्षामा यस विद्यालयले सबिक लेखनाथमा नै निजी र सामुदायिक दुबै तर्फका विद्यालयहरु मध्य सत प्रतिशत विद्यार्थी उत्रीण गराउन सफल भएको भन्दै उनले प्रशंसा गरे । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि वडा कार्यलय, विद्यालय र विद्यार्थीहरुको संस्था भुपू बिद्यार्थी मञ्च संग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उनको भनाई थियो । यो पटकको विद्यालयको नतिजा सबैले गर्व गर्न लायक बनेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष कडेलले यसैगरि हरेक बर्ष सत् प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सबैले आ९ आफ्नो ठाउँबाट पहल गर्नु पर्नेमा जोड दिए ।
आनन्द ज्योति माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक फडिन्द्र मोहन शर्मा अधिकारीले विद्यालयका पुर्व विद्यार्थीको संस्थाले रचनात्मक कार्यक्रम गरिरहेकोमा खुसी व्यक्त गर्दै शैक्षिक गुणस्तर सुधारमा गर्न पनि मञ्चले भुमिका खेल्न सक्नु पर्ने बताएका छन् । मञ्चले सबै पुर्व बिद्यार्थीहरुलाई एउटै छाना मुनि समेट्न सफल हुदै गएकोमा खुसी ब्यक्त गर्नुभएको थियो । संस्थाका सल्लाहकार चिरञ्जीवी अधिकारीले मञ्चले पुर्व बिद्यार्थीहरुलाई क्रमिक रुपमा संगठित बनाउदै लगेको बताउदै अझ विद्यालयसंग सहकार्य गर्दै रचनात्मक काम गर्न सक्नु पर्नेमा जोड दिए ।
मञ्चका अध्यक्ष बिकास प्रसाद कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारी, प्रधानध्यापक शिबराज अधिकारी, मञ्चका संस्थापक सचिब श्रीराम कडेल, संस्थाका पुर्व सल्लाहकार पार्बती थापा कार्की लगायतले बोल्नुभएको थियो ।कार्यक्रमको संचालन सचिव कृष्णराज आचार्यले गरेका थिए । मञ्चले साधारणसभाको अवसरमा विद्यालयबाट दश जोड दुइमा सर्बोकृष्ट अङ्क प्राप्त गर्ने मेलिना सुनार र माध्यमिक परीक्षा एस।ई।ई। मा सर्बोकृष्ट अङ्क ल्याउने करिना सापकोटालाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
छैटौं साधारणसभामा अध्यक्ष बिकास प्रसाद कडेल र कोषाध्यक्ष अर्जुन पौडेलले प्रस्तुत गरेका सांगठनिक र आर्थिक प्रतिवेदन पारित भएका छन् नबनिर्बाचित अध्यक्ष शुशिला अधिकारी सिग्देलले संस्थापक अध्यक्ष नबराज अधिकारी र निबर्तमान अध्यक्ष बिकास प्रसाद कडेललाइ आ ( आफनो कार्यकाल सफल बनाइ समयमा नेतूत्व हस्तातरण गरेकोमा बधाइ एंब धन्यबाद दिदै मन्चका आजिवन सदस्य पुर्बसल्लाहकार पदममराज पौडेलज्युले मन्चमा स्थापना गर्नुभएको अक्षयकोषको प्रशसा सहित धन्यबाद दिनुभएको थियो ,आगामी आफनो कार्यकालमा सोही बिधालयमा अध्यनपश्चात बिभिन्न ठाउमा पुगेका पुर्बबिधार्थी सबैलाइ थप संगठित गर्ने र उच्चशिक्षा हासिल गरिसक्नुभएकाहरुलाइ सम्मान गर्ने र बिधालयसंग जोडिएर बिधालयमा अध्यनरत बिधार्थीहरुका लागी आबस्यक पर्ने कार्यक्रम सम्पन्न गर्ने जानकारी दिनुभएको थियो उहाले जन्मभुमी अझै बिहे भएर गइसकेका छोरीहरुले पनि आफनो जन्मभुमीको बिधालयमा पनि सामाजिक काम गरी योगदान गर्न सकिन्छ भन्दै जन्मभुमीले गरेको बिस्वासलाइ कायम राख्दै जिम्मेवारी पुरा गर्नेसहितको भाबी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।साधारणसभाको अवसरमा मञ्चका नबनिर्वाचित सदस्य रोशनराज तिवारीले विद्यालयको बस संचालनको लागि आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका गर्नुभएको छ उपस्थित सम्पुर्णमा मन्चले धन्यबाद दिइ आगामी दिनमा पुर्बबिधार्थीहरुको साथ र सहयोग पाउने बिश्वास लिएको छ ।


प्रतिकृया दिनुहोस्