म शासक बन्न होईन, म जनताको सेवक बन्न आएको हुँ: महेश बस्नेत
भक्तपुर । नेकपा (एमाले) का सचिव एवं भक्तपुर क्षेत्र नं–२ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले फागुन २१ ग्ते हुने प्रतिनिधिसभा निर्वाचनमा शासक बन्न नभई जनताको सेवक बन्नका लागि जनतामाझ आएको बताउनु भएको छ ।
नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी गठ्ठाघरले मंगलबार आयोजना गरेको घरदैलो कार्यक्रममा उहाँले जनतामाझ आफू सेवक बन्नका लागि आएको बताउनु भएको हो ।
मतदातामाझ मत माग्दै नेता बस्नेतले भन्नुभयो, ‘२०७४ सालको निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ का तपाई मतदाताहरुले मलाई मत दिएर विजयी गराउनु भयो, भक्तपुरमा पहिलो पटक विकासको आधि बेहरी ल्याएँ, बाटो नपुगेको ठाउँमा नयाँ बाटो बने, पुराना बाटो भएका ठाउँमा पक्कि बनाएँ, सबै खोलामा पुल बनाए, मठ मन्दिर, सम्पदा पुर्ननिर्माण भए, भूकम्पले भत्किएका विद्यालयहरु पुर्न निर्माण गरायौ, म पदमै नहुँदा पनि भूकम्पबाट घरबार बिहिन भएकाहरुलाई छतको व्यबस्था गरे, अहिले पनि म त्यसैगरि जनताको सेवा गर्न आएको हुँ, शासक बन्न होईन ।’


प्रतिकृया दिनुहोस्