शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
प्रशान्त कार्की, २१ फागुन, साखु ।काठमाडौँ क्षेत्र नं २ स्थित शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
नगरपालिका स्थित वडा नं ९ को राष्ट्रिय मा.बी को मतदान स्थलमा पहिलो बुथमा १ हजार ६१ र दोस्रो बुथमा ९ सय ४० मत खसेको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार शंखरापुर नगरपालिकाको सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान मतदान सम्पन्न भएकोे हो ।
छिटपुट सामान्य विवाद बाहेक पालिकाभर मतदान प्रक्रिया सौहार्दपुर्ण रूपमा सम्पन्न भएको जनाइएको छ ।
सर्वदलिय बैठक पश्चात आजैबाट मतगणना सुरू गरिने बताइएकाे छ ।







प्रतिकृया दिनुहोस्