दोलखामा निर्वाचित सांसद जगदीश खरेललाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

दोलखामा निर्वाचित सांसद जगदीश खरेललाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

दोलखामा निर्वाचित सांसद जगदीश खरेललाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

चैत्र १, काठमाडाैँ-दोलखा जिल्लाबाट प्रतिनिधिसभा निर्वाचन २०८२ मा निर्वाचित माननीय सांसद जगदीश खरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्ने उद्देश्यले आयोजित कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सांसद खरेल स्वयं उपस्थित थिए भने विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि र स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा रोल्वालिङ गुम्बा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नुर्बु थुन्दु शेर्पा, माउन्ट एभरेस्ट समिटर्स क्लबका अध्यक्ष दावा छिरी शेर्पा तथा रोल्वालिङ सांस्कृतिक समाज सेवा केन्द्रकी अध्यक्ष मिङमा फूटी शेर्पालगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, दोलखा जिल्ला गौरीशंकर गाउँपालिका–९ का दिदीबहिनी, दाजुभाइ तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझै अर्थपूर्ण र सफल बनाएको आयोजकले जनाएको छ।

कार्यक्रमका वक्ताहरूले नवनिर्वाचित सांसद खरेललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै दोलखा जिल्लाको विकास, समृद्धि र जनअपेक्षाअनुसार काम गर्ने विश्वास व्यक्त गरेका थिए।

जनप्रतिनिधिले जनताको भावना र आवश्यकतालाई सम्बोधन गर्दै क्षेत्रको समग्र विकासमा सक्रिय भूमिका खेल्ने अपेक्षा वक्ताहरूले व्यक्त गरे।

आयोजक पक्षले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, स्थानीय जनसमुदाय तथा उपस्थित महानुभावहरूप्रति आभार व्यक्त गरेको छ।

लोकप्रिय