‘मेरी छोरी मान्या’बालकथा सङ्ग्रहको विमोचन
काठमाडौ । वरिष्ठ आख्यानकार ,कवि इन्द्रकुमार श्रेष्ठ ‘सरित्द्वा’रा रचित बालकथा सङ्ग्रह ‘मेरी छोरी मान्या’को विमोचन तथा समीक्षा कार्यक्रम राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि तथा वरिष्ठ कथाकार भागीरथी श्रेष्ठले उक्त बालकथा सङ्ग्रहको विमोचन गर्दै इन्द्रकुमार श्रेष्ठ सरित् एक समर्पित र अब्बल कथाकार भएको चित्रण गर्नुभएको थियोे । उहाँले ‘बाल मनोविज्ञानलाई आत्मसात् गरेर सरित्ले रच्नुभएको ‘मेरी छोरी मान्य’ उत्कृष्ट बाल कथासङ्ग्रह भएको चर्चा गर्दै ती कथाहरूले बच्चालाई जीवन र समाज बुझ्न सहज तुल्याएको उल्लेख गर्नुभएको थियोे।
विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमलाले कथाकार इन्द्रकुमार श्रेष्ठ सरित्द्वारा रचित ‘मेरी छोरी मान्य’ मूलत बालबालिकाको चेतनातह र मनोविज्ञानलाई अठ्ठ्यार रचना गरिएको कृति हो ।
यसमा समाजको सौन्दर्य, गतिविधि र वातावरणलाई बुझाउन खोजिएको छ । त्यहाँ समेटिएका बालकथाहरू प्रायः बालबालिकालाई उत्प्रेरित गर्न सामर्थ्य राख्ने खालका छन् । सरित्को लेखनक्षमता बहुआयामिक विशेषताको रूपमा देखा परेको चित्रण गर्नुभएको थियोे ।
विशेष अतिथि साहित्यकार लक्ष्मी उप्रेतीले कथाकार सरित्को लेखनमा बालमनोविज्ञान चामत्कारित रूपमा आएको बताउनुभएको थियो।
साहित्यकार तथा समालोचक डा. छायादत्त न्यौपानेले सरित्को बालकथा सङ्ग्रह ‘मेरी छोरी मान्य’ले बालसाहित्य सिर्जनामा विद्यार्थीलाई प्रोत्साहित गर्न सफल रहेको चर्चा गर्दै समाजमा व्याप्त विकृति र विसङ्गतिविरुद्ध ती कथाले जीवन ,समाज र ज्ञानबिचको तादात्मय बारे आफ्नो दृष्टिकोण राख्नुभएको थियोे।
आफ्नो विमोचित बालकथा कृति ुमेरी छोरी मान्याुका सर्जक तथा वरिष्ठ आख्यानकार इन्द्रकुमार श्रेष्ठ सरित्ले बालसाहित्य कुनै खरिदारको टेबलवर्क जस्तो नभई आफू बाँचिरहेको समयमा व्याप्त बालमनोविज्ञानमा आधारित हुनुपर्छ ।
जसमा आफूले सामयिक घटना, पात्र र उद्देश्यलाई सन्तुलित रूपमा मिलाउन सक्नुपर्छ।यो नै समाजपयोगी बालसाहित्य लेखनको मेरुदण्ड बन्ने बताउनु भएको थियोे ।
कार्यक्रमका सभाध्यक्ष तथा राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारका प्रिन्सिपल कृष्णकुमार बहोराले आफूले विद्यार्थीहरूलाई नियमित पठनपाठनसँगै सिर्जनात्मक गतिविधिमा समेत सक्रिय तुल्याएको बताउनु भएको थियोे ।
कथाकार सरित्द्वारा रचित ‘मेरी छोरी मान्या’ बालकथा सङ्ग्रह निकै प्रेरणादायी र पठनीय भएकाले नै विद्यालयले विमोचन तथा समीक्षात्मक कार्यक्रम राखेको बताउनुभएको थियोे ।
नियमित पठनपाठनबाहेक सिर्जनात्मक र अतिरिक्त क्रियाकलापमा समेत अब्बल यस राइजिङ बोर्डिङ स्कुलद्वारा आयोजित उक्त कार्यक्रममा साहित्यकार श्रीराम क्षेत्री र डा। रचना नकर्मी लगायतले आआफ्नो धारणा राख्नुभएको थियोे ।
लोकार्पित कृतिमाथि उक्त विद्यालयका विद्यार्थी उत्सान गिरी, स्मृति, प्रमिशा कँडेल र रिसिका गुरुङले मिहिन ढङ्गबाट कृतिको समीक्षा गर्नुभएको थियोे। साथै, कार्यक्रमको सञ्चालन साम्राज्ञी दाहाल र सृष्टि अधिकारीले गर्नुभएको थियोे ।


प्रतिकृया दिनुहोस्