काठमाडौं महानगरभित्रका विद्यालयले ‘डिआई’ राख्न नपाउने

काठमाडौं महानगरभित्रका विद्यालयले ‘डिआई’ राख्न नपाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित विद्यालयले अब अनुशासन इन्चार्ज (डिआई) राख्न नपाउने भएका छन् । शुक्रबार विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डिआई नराख्न महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले सूचनामार्फत् जानकारी दिएका छन् ।

विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने गरेको भन्दै महानगरले अब डिआई नै राख्न नपाउने निर्णय गरेको हो । डिआईले शारीरिक सजाय समेत दिने गरेको विषयमा गुनासो प्राप्त आएको महानगरले जानकारी दिएको छ ।

महानगरले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज नराख्न महानगरपालिकाले सूचनामार्फत् आह्वान गरेको हो ।

लोकप्रिय