पूर्व सभामुख महरालाई फेरी अर्को मुद्दामा फसाउने रोशनीकाे याे कस्ताे धम्की !

पूर्व सभामुख महरालाई फेरी अर्को मुद्दामा फसाउने रोशनीकाे याे कस्ताे धम्की !

काठमाडौं, भदौ ११ । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट हालै सफाई पाएका पूर्व सभामुख कृष्ण बहादुर महरा यतिबेला नेकपा माओवादी केन्द्रको प्रवक्ता बनेका छन् ।

राजनीतिक रुपमा इमान्दार र व्यावहारिक रुपमा शालिन नेता महराले सभामुख रहेकै बेला संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले जबरजस्ती करणी गरेको आरोप लगाएपछि बाध्य भएर सभामुख पदबाट राजिनामा दिए । मामला यति सम्म बढ्याे कि उनले केहीदिन प्नहरी हिरासतमा समेत बस्न परेकाे थियाे ।  त्यतिले नपुगेर लामो समय जेल जीवन समेत विताउन उनी बाध्य भए ।

जेलजीवन विताएपछि उनी दुवै अदालतबाट निर्दोष सावित त भए तर उनको राजनीतिक जीवनमा भने ठूलो क्षेति भयो ।

श्रीमानमाथि लागेको यही झूटो आरोपका कारण श्रीमती सिता महरा ठूलो मानसिक तनावमा परिन् । केही महिना अघि महराले आफ्नो जीवन साथीलाई नै गुमाउन पुगे । अहिले महरा फेरी राजनीतिक जीवनमा उठ्ने कोशिस गरिरहेका छन् ।

तर, उनै महरालाई फेरी अर्को तनाव दिन थालिएको छ ।

उनलाई झूटो मुद्दा लगाएर फसाउने रोशनी शाहीले महरामाथि फेरी अर्को मुद्दा लगाउने कोशिस गरेकी छिन् । उनले यस्तो धम्की सामाजिक सञ्जालमै दिएकी छिन् । ‘अर्को मुद्दा बाँकी नै छ महराजी’ भन्दै रोशनीले विहिबार विहानै सामाजिक सञ्जालमा लेखेकी छिन् । त्यसो त रोशनीले आफ्नै भाञ्जा नाता पर्ने व्यक्तिलाई समेत बलात्कार मुद्दामा फसाउने कोशिस गरेको भन्दै केही महिना अघि खबर आएको थियो । याे खवर दियाे पाेष्टमा प्रकाशित छ ।

लोकप्रिय