पाकिस्तानका बौद्ध सम्पदाहरु काठमाडौंमा सार्वजनिक

पाकिस्तानका बौद्ध सम्पदाहरु काठमाडौंमा सार्वजनिक

 

पाकिस्तानको सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि पाकिस्तानस्थित बौद्ध सम्पदाहरुको विषयमा नेपाली भाषामा लेखिएको पुस्तक ‘पाकिस्तानका बौद्ध सम्पदाहरु’ को विमोचन समारोह असार २५ काठमाडौंस्थित पाकिस्तान राजदूतावासको आयोजनामा सम्पन्न भएको छ ।
उक्त पुस्तकका लेखक ओमचरण अमात्य हुन् । आमात्य बौद्ध दर्शनमा रुची राख्ने सम्पदाविद पनि हुन् । भक्तपुर निवासी अमात्य अन्तरास्ट्रिय सम्बन्धका विषयमा पनि कलम चलाउँछन् । उनी शिक्षा क्षेत्रमा पनि नाम कमाएका विद्धान हुन् ।
पुस्तक बिमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रतिनिधिसभा सदस्य तथा नेकपा ९एमाले० का नेता भीमप्रसाद आचार्यको उपस्थिति रहेको थियो। समारोहमा म्यानमारका राजदूत यु म्यो मिन्त माउङ र श्रीलंकाकी कार्यवाहक राजदूत चमिरा मुनेसिंघे विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए।
कार्यक्रममा विभिन्न बौद्ध भिक्षु, बौद्ध विद्वान, राजनीतिक नेता, पत्रकार, नागरिक समाजका प्रतिनिधिहरू, पाकिस्तान राजदूतावासका अधिकारी तथा उनीहरूको परिवारजनको उपस्थिति थियो। त्यस्तै, पाकिस्तानका विभिन्न विश्वविद्यालय तथा विचार थिंक ट्याङ्कहरू अनलाइनमार्फत सहभागी भए।
पुस्तक विमोचनका अवसरमा पाकिस्तानका लागि बौद्ध सम्पदा प्रवर्द्धन दूत श्री ए। इमरान शौकतले भर्चुअल सम्बोधन गर्दै ‘पाकिस्तानको बौद्ध सम्पदा प्रवर्द्धन पहल’ बारे जानकारी गराए।
मुख्य अतिथि श्री भीमप्रसाद आचार्यले पाकिस्तान र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई जनस्तरसम्मको सम्बन्ध ९एद्दए० को महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै बौद्ध सम्पदालाई दुवै मुलुकको साझा धरोहर भने। उनले जनस्तरीय सम्पर्क अभिवृद्धि गर्दै सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए।
लेखक ओमचरण अमात्यले पाकिस्तानमा रहेका ऐतिहासिक बौद्ध स्थलहरू, ती स्थलहरूसँग नेपालको सम्बन्ध र नेपाली तथा विश्वभरका बौद्ध अनुयायीहरूका लागि त्यसको सांस्कृतिक र आध्यात्मिक महत्त्वबारे चर्चा गरे।
समारोहमा पाकिस्तानका नेपालस्थित राजदूत अबरार एच। हाश्मीले पाकिस्तानले आफ्नो सांस्कृतिक सम्पदालाई गर्वका साथ संरक्षण गर्दै आएको र यसलाई विश्वभरका पर्यटक र धर्मावलम्बीसँग साझा गर्न चाहेको बताए।
उनले पुस्तक लेखक अमात्यलाई पाकिस्तान र नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध उजागर गर्न गरेको उत्कृष्ट कार्यका लागि प्रशंसा गर्दै यो पुस्तक नेपाली पाठकहरू माझ लोकप्रिय हुने र अध्यन, अनुसन्धन तथा तीर्थयात्रा प्रवर्द्धनमा योगदान दिने विश्वास व्यक्त गरे।

लोकप्रिय