आज विश्व स्वतन्त्रता दिवस मनाइँदै, नेपालमा पनि मनाइँदै
काठमाडौं । नोभेम्बर ९ अर्थात् विश्व स्वतन्त्रता दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी शनिबार मनाइँदैछ । यो दिवस स्वतन्त्रता र मानवअधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ ।
सन् १९४७ देखि मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ। विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु तथा शान्ति, सहिष्णुता र आपसी सम्मानको सन्देशप्रसारित गर्नु दिवसको उद्देश्य हो ।


प्रतिकृया दिनुहोस्