सामुदायिक विद्यालयको सुधार योजना माथि समिक्षा
स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले सामुदायिक विद्यालयहरुको सुधार योजनामा केन्द्रीत रहेर समीक्षा, विश्लेषण, एवम अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाको आयोजनामा “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता ः साझेदारी र प्रणालीमा सक्षमता’’ भन्ने मूल नाराका साथ बुधबार कार्यक्रम गरिएको हो ।
गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी लगायत उपाध्यक्ष देऊ कुमारी गुरुङ्ग, वडा नं ४ का वडा अध्यक्ष ख्याम नारायण पौडेल, ३ का वडा अध्यक्ष कृष्ण बहादुर रानाभाट लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशेष गरी विद्यालय लक्षित कार्यक्रममा फेदीखोला गाउँपालिका भित्रका २१ वटा सामुदायिक विद्यालयका वि।व्य।स अध्यक्ष, प्र। अ , र शिक्षकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नवराज पौडेलले गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुवेदीले गाउँपालिकाको विद्यालय सुधार योजना अनुसार अघि बढ्न, कार्यान्वयनमा ध्यान दिन सम्पूर्ण विद्यालयहरुलाई आग्रह गरेका छन । विद्यालयको भौतिक निर्माण पक्ष सँगै शैक्षिक पक्ष, अतिरिक्त क्रियाकलापहरु, विद्यालयले गर्ने नयाँ योजनाहरुमा पनि एकदमै ध्यान दिन सम्पूर्ण शिक्षकहरुलाई अनुरोध गरेका छन् ।

यस्तै कार्यक्रममा सहभागि शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले पनि विद्यालय सुधार योजना कार्यान्वयनमा जोड दिइरहेको बताएका छन् । उनीहरुले विस्तारै कार्यान्वयना सहजता हुँदै गएकोमा जोड दिएका छन् ।




प्रतिकृया दिनुहोस्