कालीगण्डकीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगता सम्पन्न, भगवती मा.वि. प्रथम

कालीगण्डकीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगता सम्पन्न, भगवती मा.वि. प्रथम

काठमाडौँ । कालीगण्डकी गाउँपालिका स्याङजाको आयोजनामा छैंठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगता –२०८१ भव्य रुपमा सम्पन्न भएको छ । ‘समृद्ध गाउँपालिका, सुखी नागरिक, सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कात्र्तिक ३० गतेबाट सुरु भएको प्रतियोगिता मंसिर १ गते विविध कार्यक्रम सहित सम्पन्न भएको हो ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकको समेत सहभागिता रहेको थियो । प्रतियोगितामा १४ वटा विद्यालयहरुले विभिन्न विधाका २८ वटा खेलहरुमा सहभागिता जनाएका थिए ।

गाउँपालिका ७ मिर्मी खेलमैदानमा भएको प्रतियोगितामा भगवती मा.वि.ले ८ स्वर्ण, ५ रजत र ५ कास्य सहित कुल १८ पदक सहित प्रथम भएको छ । भने आदर्श मा.वि. ४ स्वर्ण, ४ रजत र ७ कास्य सहित १५ पदकका साथ दोस्रो भएको छ । यस्तै धुवज्योतिम मा.वि.ले ४ स्वर्ण, १ रजत र ४ कास्य सहित ९ पदक सहित तेस्रो भएको छ ।

यस्तै अन्य विद्यालयहरु मिर्मी आ.वि.ले ३ स्वर्ण, ३ रजत र ४ कास्य जितेको छ भने वीरेन्द्र मा.वि.ले ३ स्वर्ण र ३ कास्य जितेको छ ।
यस्तै सरस्वती मा.वि.ले २ स्वर्ण, जनता मा.वि.ले १ स्वर्ण, ५ रजत र ५ कास्य, जनहित मा.वि.ले १ स्वर्ण, ४ रजत, ४ कास्य, भवानी मा.वि. १ स्वर्ण र २ रजत, प्यूँघा मा.वि. १ स्वर्ण र १ रजत, कालीगण्डकी पब्लिकले १ कास्य जितेको छ । यस्तै सत्यदेवी मा.वि., देउराली मा.वि. र कोटाकोट आ.वि.ले भने पदत जित्न सकेनन् ।

लोकप्रिय