स्याङ्जामा मात्रै एक अर्ब १२ करोड सुन्तला बिक्री

स्याङ्जामा मात्रै एक अर्ब १२ करोड सुन्तला बिक्री

स्याङ्जा  यो वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाटयस वर्ष स्याङ्जामा रु एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीकाअनुसार स्याङ्जामा यस वर्ष २० हजार ८४ दशमलव दुई मेट्रिक टन सुन्तला उत्पादन भएको हो उत्पादिमध्ये ९० प्रतिशत बिक्री भएकोउनले बताए उत्पादित सुन्लता थोक मूल्यमा प्रतिकेजी रु ५६ का दरले बिक्री भएको हो चालु आर्थिक वर्षमा स्याङ्जामा सुन्तलाबगैँचाको क्षेत्रफल दुई हजार दुई सय ८० हेक्टरमा विस्तार भएको

चालु आवमा प्रतिहेक्टरमा सुन्तलाको उत्पादकत्व १४ दशलमव ६६ टन भएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए गतआवमा दुई हजार एक सय हेक्टरमा सुन्तला बगैँचा कायम थियो गत वर्ष एक हजार नौ सय ८७ मेट्रिक टन सुन्तला उत्पादन भएकोउनले बताए

गत वर्षको तुलनामा यस वर्ष ५० हेक्टर उत्पादनशील क्षेत्रफल वृद्धि भएको हो स्याङ्जाका सुपरजोन घोषणा हुनुपूर्व आठ सय ८७हेक्टरमा फैलिएको सुन्तला बगैँचा सुपरजोन भएसँगै हालसम्म दुई हजार दुई सय ८० हेक्टरमा सुन्तला बगैँचा विस्तार भएको उनकोमनाइ

विसं २०७३/७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो

जिल्लाका विभिन्न भागमा निर्वाहमुखी घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तलाखेती विस्तार भएको पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तलाका पकेटक्षेत्र हुन्

लोकप्रिय