नेपालमा राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइँदै
काठमाडौँ । राष्ट्रिय कृषि जैविक विविधता दिवस आज देशैभर मनाइँदै छ । ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूलनाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको हो ।
कृषि विभागले माघको पहिलो साताभर विविध कार्यक्रम आयोजना गरी तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको हो ।२०७९ भदौ २७ गते मन्त्रिपरिषद्बाट प्रत्येक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउने निर्णय गरेकोथियो ।


प्रतिकृया दिनुहोस्