कटहरका रूख सुक्न थालेपछि किसानको आम्दानीमा असर

कटहरका रूख सुक्न थालेपछि किसानको आम्दानीमा असर

काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा कटहरका रूख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् ।

कटहरका लागि परिचित मण्डन क्षेत्रमा रूख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ । विगत चार वर्षदेखि कटहरका बोट सुक्न सुरु गरेको यहाँका किसानको भनाइ छ । यस अवधिमा करिब एक हजार दुई सय कटहरका बोट सुकिसकेको किसानहरुले बताएका छन् । कटहर फल्ने मण्डनदेउपुरको ज्वानेटार, जोगीटार, कान्तिटार तथा माथिल्लो भेग श्रीचौर तथा ज्याम्दीलगायतमा रहेका सयौँको सङ्ख्यामा बोट सुकिसकेका छन् ।

यस भेगमा तरकारी खाद्यान्नसँगै कटहरलाई आम्दानीको गतिलो स्रोत मान्ने गरेका किसान अहिले निराश भएको नेपालको भनाइ छ । उनले भने, रूख सुक्नुको कारण पत्ता लागेको छैन, याममा एउटै बोटबाट १० हजारदेखि २५ हजारसम्म आम्दानी हुने गरेकोमा अहिले आम्दानी शून्य जस्तै भएको छ ।’
एउटै बोटमा तीन सयदेखि चार सय वटासम्म कटहर फल्ने गरेकामा अहिले एक सय ५० वटा फल्न पनि मुस्किल हुन थालेको छ । कटहरका रुखमात्र सुक्न थालेपछि किसानहरू यसबारे अध्ययन हुनुपर्ने माग गर्दै आएका छन् ।

यस क्षेत्रमा करिब दुई हजारको हाराहारीमा कटहरका रूख छन् । यो कृषि–विज्ञका लागि चुनौतीको विषय बनेको छ ।

लोकप्रिय