तने बोडीमा भेटियो ९२ प्रतिशतभन्दा बढी विषादी

तने बोडीमा भेटियो ९२ प्रतिशतभन्दा बढी विषादी

काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको तने बोडीमा बढी मात्रामा विषादी भेटिएको छ ।

चितवनबाट बिक्रीका लागि कालीमाटी बजारमा मंगलबार ल्याइएको तने बोडीम ९२.४५३ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । परीक्षण क्रममा चितवनबाट ल्याइएको तने बोडीमा विषादी भेटिएको हो ।

केन्द्रीय कृषि प्रयोगशालाले बुधबार कालीमाटी तरकारी बजारका १० पसलको १० थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

विषादीको मात्रा धेरै भेटिएको उक्त बोडी उपभोग अयोग्य रहेको जनाइएको छ ।

लोकप्रिय