घाँसको बीउबाटै लाखौँको आम्दानी
काठमाडौं । दाङका किसानले घाँसको बीउ बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन् ।
कात्तिकदेखि वैशाखसम्म हरियो घाँस काटेर भैँसी र भेँडालाई खुवाउने र बीउ बिक्री पनि गरिरहेको किसानहरुले बताएका हुन् । घोराहीका कृषकले १५ कट्ठादेखि २५ कट्ठासम्ममा घाँसखेती गरेका घाँस बीउ उत्पादक सङ्घले जनाएको छ । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढ्दो रहेको छ ।
वर्षात्को समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ, कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेको पाइन्छ । गएको वर्ष ९० हजारको घाँसको बिउ बिक्री गरेकोले यस वर्ष एक लाखभन्दा बढीमा बिक्री हुने अनुमान गरेको एक किसानले बताएका छन् ।
बर्सिम घाँस खेतमा छर्न थालेपछि हिउँदको समयमा घाँस खोज्न जान परेको छैन, समयको बचत भएको छ । हरियो हुँदा घाँस खुवाउन पनि पाइने र त्यसको दानालाई बीउका रूपमा बिक्री हुनेहुँदा त्यहाँका किसानहरुले विगत १० वर्षदेखि बर्सिम घाँसखेती गरिरहेका छन् ।


प्रतिकृया दिनुहोस्