चेपाङ समुदायको बसोबास रहेको स्थानमा पहिलो पटक पुग्यो हाते ट्रयाक्टर

चेपाङ समुदायको बसोबास रहेको स्थानमा पहिलो पटक पुग्यो हाते ट्रयाक्टर

काठमाडौं । चितवनको विकट कान्दामा चेपाङ समुदायको बसोबास रहेको स्थानमा बोकेरै भएपनि गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुर्‍याएका छन् ।

कान्दामा अझै सवारी साधन नपुगेको हुनाले सो स्थानमा दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेकोछ ।तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुर्‍याएका हुन् ।
मितेरी कृषक समूहले युवाहरु श्रम गर्न बाहिर जाँदा गाउँमा बुढाबुढी र बालबालिकामात्र रहनुपर्ने अवस्था छ, गोरु पाल्ने परम्परा पनि घट्दै जाँदा खेतबारी बाँझै हुने अवस्था थियो । अब हाते ट्रयाक्टरले जोत्न पाउँदा सहज हुने बताएको छ ।
जङ्गली कन्दमूल खाएर जीवनयापन गर्दै आएका यहाँका चेपाङ समुदाय पछिल्लो समयमा आफैँ कृषि पेसा गरेर जीविकोपार्जन गर्दै आएका छन् । कृषि पेसालाई व्यावसायिक बनाउन सहयोग गर्न यस हाते ट्रयाक्टरले धेरै सहयोग पुग्ने विश्वास गरिएको छ ।

लोकप्रिय