ट्रम्पको कर नीति तत्कालका लागि यथावत रहने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्रने सामानमा लगाएको करले तत्कालका लागि निरन्तरता पाउने भएको छ।
एक दिन अघि व्यापार अदालतले अमेरिकी राष्ट्रपतिले स्वतन्त्रता दिवसको दिनदेखि लागु हुने गरी लगाएको करको निर्णयमा फिर्ता गर्न भनेको थियो। यो निर्णयको विरुद्धमा ट्रम्पले पुनरावेदन गरेका थिए।
एक दिन अघि भएको निर्णयमा ट्रम्पले अधिकार क्षेत्र पार गरेको जनाइएको थियो। साना व्यवसाय तथा समूहले निर्णय विरुद्धमा अदालतमा उपस्थिति जनाएका थिए। एक दिन अघिको सो निर्णयले ट्रम्पको आर्थिक नीतिको मुटुमै प्रहार गरेको ठहर भएको थियो।
ट्रम्पले फेब्रुअरी महिनामा क्यानडा, मेक्सिको तथा चीनबाट आउने सामानमा कर लगाउने निर्णयबाट अमेरिकामा भित्रने सामानमा थप करको सुरुवात गरेका थिए। अमेरिकामा ती देशबाट फेन्टानिल भित्रने गरेको भन्दै ट्रम्पले सो निर्णय गरेको बताएका थिए। त्यसको अर्को महिना उनले संसारका प्राय देशबाट अमेरिका पुग्ने सामानमा कम्तीमा १० प्रतिशत करको निर्णय गरेका थिए। केही देशबाट अमेरिका पुग्ने सामानको हकमा भने यसको मात्रा अझ बढी थियो।


प्रतिकृया दिनुहोस्