एनआईसी एशिया बैंकका ग्राहकलाई छुट
काठमाडौ । एनआई सी एशिया बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पा र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा सेवालिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट हुने बैँकले जनाएको छ । ग्राहकहरुले यस रिसोर्टमा खाना तथा पेय पदार्थ, स्पा र आवास सेवा लिँदा उक्त छुट सुविधा रहेको छ ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पासँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


प्रतिकृया दिनुहोस्