करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौंको शंखमूलमा

करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौंको शंखमूलमा

 

काठमाडौ । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ‘करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमूलस्थित बिग मार्ट नजिकै सञ्चालनमा ल्याएको छ ।
बुटवल र काठमाडौंको अनामनगरमा रहेका आउटलेटहरूको अपार सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै, नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दर खाने दिनको शुभ अवसर पारी यसोदा फुड्सले यो नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो ।
करेन्ट पोइन्टको यो नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् । विशेषगरी, यहाँ ग्राहकहरूले नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स, र चिजपकेट जस्ता बिल्कुलै नयाँ र आकर्षक परिकारहरूको स्वाद लिन पाउनेछन् । साथै, ग्राहकहरूले आफ्नो रुची अनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन् ।
खासगरी युवापुस्तामा लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौंवासीलाई नौलो र डेलीस्यस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । करेन्टका पारखीहरूले अब शंखमूलमा रहेको करेन्ट पोइन्टमा गई विभिन्न प्रकारका स्वादिष्ट र चट्पटा नुडल्सको मजालिन सक्नेछन् ।
समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवल र अनामनगरमा करेन्ट पोइन्टले पाएको अपार माया र सफलताले आफूहरुलाई काठमाडौंमा थप विस्तारका लागि उत्साहित बनाएको बताए । उनले भने, ‘काठमाडौंका नुडल्स पारखीहरू, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि शंखमूललाई पनि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो । हामी आशा गर्दछौं, हाम्रो यो नयाँ यात्राले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अझ नयाँ उचाइमा पूरा गर्नेछ ।’
उक्त उद्घाटन समारोहमा यसोदा फुड्सका ग्लोबल सिइओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जको बारेमा मिडियालाई विस्तृत जानकारी दिनुभएको थियो ।

 

लोकप्रिय