बन्दीपुरमा १९ जना महिला च्याउखेतीतर्फ आकर्षित
काठमाडौं । बन्दीपुर गाउँपालिकाका ६ वडाका १९ जना महिला च्याउखेतीतर्फ आकर्षित बनेका छन्।
उत्पादित च्याउ बिक्री गरेर आम्दानी लिन थालेपछि उनीहरू आत्मनिर्भर बन्न थालेका हुन्। तालिमपछि किसानलाई च्याउ उत्पादन गर्न बीउ, टनेलका लागि प्लाष्टिक र ग्रोइङ ब्यागजस्ता सामग्री गाउँपालिकाले उपलब्ध गराएको छ । गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँमा च्याउखेतीका लागि तालिम, बिउबिजन, प्लाष्टिक र ग्रोइङ ब्यागजस्ता सामग्री उपलब्ध गराएको थियो।
गत पुसमा गाउँपालिकाबाट तालिम लिएपछि २४ किसानले ३.६ मेट्रिक टन च्याउ उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेका कृषि शाखाले जानाएको छ। उनीहरूले उत्पादन गर्न थालेको च्याउ स्थानीय बजारमा खपत हुँदै आएको छ। च्याउबाट लक्षित गरिएको उत्पादन हुँदा सात लाख रुपैयाँसम्म आम्दानी किसानले गर्नसक्ने शाखाले उल्लेख गरेको हो।


प्रतिकृया दिनुहोस्