सर्लाहीमा बढ्न सकेन चैते धानखेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्याङ्कअनुसार सर्लाहीमा वार्षिक ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ ।

जुन सम्भावनाको हिसाबले निकै कम हो । अध्ययनअनुसार जिल्लामा ६ सय ९१ हेक्टर क्षेत्रफलमा चैते धानखेती गर्न सकिने सम्भावना छ । पाँच वर्ष परियोजनाअन्तर्गत किसानका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन हुँदासमेत खेती बढ्न नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

अधिकांश समथर भूभाग रहेको जिल्ला कृषि उत्पादनको हिसाबले उपयुक्त ठाउँ मानिन्छ । धान, मकै, गहुँ, कोदो, जौ यहाँ उत्पादन हुने प्रमुख अन्नबाली हुन् । क्षेत्रफलको हिसाबले हेर्ने हो भने वर्षे धानखेती ४५ हजार नौ सय ५० हेक्टरमा हुँदै आएको छ भने प्रत्येक वर्ष एक लाख ६७ हजार दुई सय ५८ मेट्रिकटन धान उत्पादन हुँदै आएको छ ।

यद्यपि किसानहरू चैते धानखेतीमा भने आकर्षित हुन नसकेको परियोजना प्रमुख साहले बताए । चैते धानखेती बढाउने उद्देश्यसहित परियोजनाले हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका केही वडालाई धान जोन क्षेत्र घोषणा गरेको थियो ।

लोकप्रिय