असार पन्ध्र धान दिवससँगै दही चिउरा
काठमाडौ । आज असार १५ धान दिवसको उपलक्ष्यमा राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाईं राष्ट्रपति भवन शीतल निवासमा रोपाईं गरिएको छ । रोपाईं कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी भएका थिए ।
रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यवसायिक बनाउनुपर्ने बताए । कृषिलगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको जनाए।
कृषि पेशामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भको रुपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने बताए ।रोपाइँपछि दही चिउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।
यसैगरी, असार १५ मा धान दिवस तथा दही चिउरा खाने प्रचलन रही आएको छ । यसैबीच बत्तीसपुतलीमा काँग्रेसका दिवंगत नेतृहरु मंगलादेवी सिंह, नोना कोइराला, सुशीला कोइराला र शैलजा आचार्यको फोटोमा माल्यार्पसँगै दही चिउरा खाने कार्यक्रम छ ।
प्रतिष्ठानकी अध्यक्ष गोमा केसीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री लक्ष्मी उपाध्याय(डिना), कांग्रेस नेताहरू डा।मिनेन्द्र रिजाल, डा.सुनिल शर्मा, डा.शंशाक कोइराला, मनोजमणि आचार्य, नेतृ सिर्जना सिंह, कांग्रेस ललितपुर नेता सानुबाबु महर्जनलगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो ।


प्रतिकृया दिनुहोस्