हरिनास गाउँपालिकाको आगामी नीति तथा कार्यक्रम निर्वाहमुखी कृषि पेशालाई व्यावसायिक बनाइने
काठमाडौ । स्याङ्गजाको हरिनास गाउँपालिको निर्वाहमुखी कृषिलाई आधुनिक र व्यवसायीक बनाउँदै कृषिमा पालिकालाई आत्मनिर्भर तुल्याउन यान्त्रिकीकरण तथा विशिष्टीकरण गर्ने नीति लिएको छ । साथै गाउँपालिका प्राकृतिक मल उत्पानलाई प्रोत्साहन गर्दै उत्पादनलाई बढाउने लक्ष्य लिएको छ ।
गाउँपालिका आगामि आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिकै माध्यामबाट लक्षित वर्गलाई स्वरोजगारमुखी बनाई आयस्तर वृद्धि गर्ने र जसको लागि मौरीपालन, ज्याउ खेती, व्यवसायीक तरकारी खेतीलाई प्रवद्र्धन गर्ने नीति लिएको छ ।
साथै गाउँपालिकाले ‘हरिनास गाउँपालिकाको आवश्यकता, कृषि तथा पशुपन्छि क्षेत्रमा आत्मनिर्भरता’ भन्ने मुल नाराका साथ युवाहरुलाई कृषि तथा पशुपन्छि र मत्स्यपालनमा आकर्षण गराउन युवा स्वःरोजगार तथा युवा लक्षित कार्यक्रमहरु संचालन गर्ने बताएको छ ।
पहाडी भुगोल चरण क्षेत्र भएको ठाउँमा बाख्रा प्रर्वधन कार्यक्रम संचालन गरी मासुमा आत्मनिर्भर बनाउने. नीति लिएको छ । संघ, प्रदेश र स्थानीय सरकारको कार्यक्रममा संघ÷संस्था÷सहकारी÷समुह तथा फर्महरुमा सहकार्य, सहअस्थित्व, समन्वय जस्ता कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले नीति लिएको छ ।
यस्तै सडक पूर्वाधार तर्फ दग्दी कुलुङखोला, दोभान बडहर भन्ज्याङ हुँदै किहु जोड्ने पक्की ग्रामीण सडक निर्माणको लागि प्रदेश सरकार र गाउँपालिकाको साँझेदारीमा निरन्तरता दिने, सडक दुर्घटना न्यूनिकरणको लागि समन्वयात्मक कार्यक्रम गर्ने, गाउँपालिकाको केन्द्र देखि सबै वडामा बाह्रै महिना सडक संचालन हुन सक्ने व्यवस्था मिलाउने बताएको छ ।
गाउँपालिकाको प्रशासकिय भवन सम्पन्न गर्ने, एक घर एक धारा अभियान अन्तर्गत ७०÷३० कार्यक्रम लाई निरन्तरता दिने, अति गरिबको रेखा मुनी रहेका व्यक्तिलाई निःशुल्क सुरक्षित आवासको लागि उपयुक्त कानुन बनाइ सहयोगका कार्यक्रम संचालन गर्ने बताएको छ । विद्युत नपुगेका क्षेत्रमा आर्थिक वर्षमा नै सम्पन्न गर्ने, वडा कार्यालयमा बैकल्पिक उर्जाको रुपमा सौर्य उर्जा जडानलाई प्राथमिकता दिएको छ ।
स्थानीय मदिरा ब्रान्डिङको कार्यलाई कार्यविधि बनाइ व्यवस्थित गरिने, साना तथा मझौला उद्योगको विकास तथा विस्तार गर्ने गाउँपालिकाले नीति लिएको छ ।
गाउँपालिकाका स्वास्थ्य संस्थाबाट प्रदान गरिने सम्पूर्ण सेवालाई डिजिटलाइज गर्ने र कागजको प्रयोगलाई पूर्णतय विस्तापित गर्ने नीति अबलम्बन गर्ने, ‘म स्वस्थ मेरो गाउँ स्वस्थ’ कार्यक्रमलाई निरन्तरता दिने, ‘स्वस्थ बच्चा प्रतिष्पर्धा सासु÷ससुरा श्रीमान सम्मान’कार्यक्रमलाई निरन्तरता दिने, सुत्केरीसंग उपाध्यक्ष पोषण कार्यक्रम, आयुर्वेदिक औषधालयको स्थापनामा विशेष जोड दिनुका साथै योग शिक्षा योग अभ्यास स्वास्थ्य परामर्श स्वास्थ्य खानपान र स्वास्थ्य जीवन शैली कार्यक्रमलाई विशेष प्रथामिकता दिएको छ ।
अन्य शिक्षा, सरसफाइ तथा स्वच्छता, समावेशीकरण, बालबालिका, युवा तथा खेलकुद, निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, सार्वजनिक निजी साझेदारीमा विभिन्न कार्यक्रमहरु अघि बढाउने नीति लिएको छ ।
यस्तै वन वातावरण,सूचना प्रविधि, सुशासन, विपद व्यवस्थापन, जनतासँग अध्यक्ष कार्यक्रम जस्ता विविध कार्यक्रमहरु समेटेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ ।
नीति तथा कार्यक्रम कार्यान्वयनमा स्थानीय सरकारलाई सबै क्षेत्रबाट भरपुर सहयोग प्राप्त हुने विश्वास सहित त्यसको प्रभावकारीता झनै बढ्ने विश्वास लिएको गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले बताए । उनले योजना कार्यन्वयनमा विशेष जोड दिएर बितेका बर्षहरुमा भन्दा अझै राम्रो नतिजा दिने उद्घोष गरेका छन् ।


प्रतिकृया दिनुहोस्