इलोन मस्कको प्रस्तावलाई ओपनएआईका सीईओ ट्रम्पद्वारा अस्वीकार
काठमाडौं । इलोन मस्कले लोकप्रिय एआई टुल च्याटजीपीटीको प्यारेन्ट कम्पनी ओपनएआई खरिद गर्न प्रस्ताव गरेका छन् ।
मस्क नेतृत्वको समूहले करिब ९७ दशमलव चार अर्ब डलरमा ओपनएआई खरिदको प्रस्ताव राखेको द इकोनोमिक टाइम्सले जनाएको हो । तर मस्क समूहको यो प्रस्ताव ओएनएआईले भने अस्वीकार गरिदिएको समाचारमा उल्लेख गरिएको छ । ओपनएआईका सीईओ स्याम अल्टम्यानले ट्रम्पको प्रस्ताव अस्वीकार गर्दै ट्विटर (एक्स) नै ९ दशमलव ७४ अर्बमा खरिद गर्ने प्रस्ताव राखेका छन् ।
मिडिया रिपोर्टका अनुसार मस्कले सन् २०२२ मा ४४ अर्ब डलरट्विटर खरिद गरेर एक्स बनाएका थिए र उनको एआई स्टार्टअप एक्सएआई सहितका केही लगानीकर्ताको समूहले ओपनएआईको स्वामित्व लिँदै यसलाई पुनः गैरनाफामुखी कम्पनीको रुपमा चलाउन खोजिरहेको बताइएको छ । मस्कका कानूनी प्रतिनिधि मार्क टोबेरोफका अनुसार ओपनएआईलाई यसको परोपकारी उद्देश्यतर्फ फर्काउने उद्देश्यले यो खरिद प्रस्ताव राखिएको थियो ।
प्रतिकृया दिनुहोस्