मणिपुरमा राष्ट्रपति शासनलगत्तै सेनाको कारबाही सुरु

मणिपुरमा राष्ट्रपति शासनलगत्तै सेनाको कारबाही सुरु

काठमाडौं । भारतको मणिपुरमा बिहीबार राष्ट्रपति शासन लागु भएपछि सेना र प्रहरीले सशस्त्र चरमपन्थीविरुद्ध व्यापक कारबाही सुरु गरेको छ ।
मणिपुरका एक प्रहरी अधिकारीले सुरक्षा बलहरूसँग मिलेर गत २४ घण्टामा राज्यका विभिन्न क्षेत्रमा ठूलो संख्यामा हातहतियार, गोलाबारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको छ भने कारबाहीमा १६ जना हिंस्रकलाई पक्राउ गरेको छ ।

कारबाहीका सम्बन्धमा मणिपुरका प्रहरीका अनुसार अवैध हतियार जफत गर्न निरन्तर कारबाही भइरहेकोले आगामी एक–दुई दिनभित्रै हतियारधारीविरुद्ध ठूलो परिमाणमा कारबाही गरिने बताएको छ ।

मणिपुर प्रहरीले एक विज्ञप्ति जारी गर्दै चरमपन्थीहरूबाट बरामद गरिएका हतियारहरूमा एके–४७ राइफल, ७.६२ असल्ट राइफल, सिंगल बोर राइफल, एके–४७ म्यागजिन छन् ।

 

लोकप्रिय