दिल्लीमा आज बिहानै भूकम्पको धक्का महसुश
काठमाडौं । भारतको दिल्लीमा आज बिहानै भूकम्प गएको छ । सोमबार बिहान ५:३६ बजे दिल्ली–एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको शक्तिशाली झट्का महसुस भएपछि स्थानीय घर बाहिर निस्किएका थिए । भूकम्पको केन्द्र दिल्लीको जमिनबाट ५ किलोमिटर गहिराइमा रहेको थियो ।
भूकम्पको धक्का अत्यधिक तीव्र भएकाले केहीबेरसम्म मानिसहरू त्रासमा थिए। घरका ढोका, भित्ताहरू हल्लिएको अनुभव गरेका बासिन्दाहरू सडकमा निस्कँदा तनावग्रस्त अवस्था देखिएको थियो।
हालसम्म कुनै ठोस क्षतिको विवरण प्राप्त नभए पनि भूकम्पको प्रभावबारे विस्तृत जानकारी संकलन भइरहेको छ। भूकम्पविद्हरूका अनुसार जमिनको सतहको नजिकै केन्द्र भएको भूकम्पहरूले बढी कम्पन उत्पन्न गर्ने भएकाले यसले ठूलो धक्का महसुस गराएको हुनसक्छ।
प्राकृतिक विपत्तिहरूको जोखिम कम गर्न सचेत रहन विज्ञहरूले सुझाव दिएका छन्। दिल्ली तथा आसपासका क्षेत्रमा पछिल्ला दिनमा पटक–पटक भूकम्पीय गतिविधि देखिएकाले यसप्रति सतर्कता अपनाउन आग्रह गरिएको छ।


प्रतिकृया दिनुहोस्