टोरन्टोमा विमान पल्टिदा घाइते तीन जनाको अवस्था गम्भीर, ८० यात्रुको उद्धार
काठमाडौं । क्यानाडाको टोरन्टोमा अवतरणका क्रममा विमान पल्टिदा कम्तिमा तीन जना घाइते भएका छन् । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार मिनेसोटाबाट डेल्ठा उडानमा सवार सबै ८० जनाको उद्धार भएको छ । विमान पल्टिएपछि अग्नि नियन्त्रकद्वारा आगो निभाइएको थियो भने आगो लाग्दै गर्दा यात्रुहरु सुरक्षित बाहिर निस्किएको त्यहाँको विभिन्न समाचार माध्यमले जनाएको छ ।


प्रतिकृया दिनुहोस्