अमेरिकाले पठायो विभिन्न ग्याङ सदस्यको आरोप लागेका भेनेजुएलीलाई जेल
काठमाडौं । अमेरिकाले विभिन्न ग्याङ सदस्यको आरोप लागेका दुई सय भन्दा बढी भेनेजुएलीलाई एल साल्भाडोरको सुम्याक्स जेल पठाएको छ। त्यो काम नगर्न अदालतले आदेश गरेपनि उनीहरूलाई अमेरिकाले डिपोर्ट गरेको हो।
एल साल्भाडोरका राष्ट्रपति नयिब बुकेलोले आइतबार अन्तर्राष्ट्रिय एमएस–१३ ग्याङका १३ सदस्य सहित भेनेजुएली ग्याङ ट्रेन डे आराजुआका २३८ सदस्य आफ्नो देशमा पुगेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। एल साल्भाडोर र अमेरिकी प्रशासनले नै उनीहरूको परिचय खुलाएको छैन। भेनेजुएलाले ट्रम्पले ‘एलेन इनिमिज एक्ट’ लागु गरेको आलोचना गरेको छ। पुष्टि नभएकालाई अपराधीको व्यवहार गर्दै गरिएको यस डिपोर्ट मानवताको इतिहासको कालो अध्याय भएको आरोप लागेको छ।


प्रतिकृया दिनुहोस्