रुस र युक्रेनले गरे ३० घण्टाको लागि आइतबार रातको १२ बजेसम्म युद्ध विराम
काठमाडौं । रुस र युक्रेनले ३० घण्टाका लागि युद्ध विराम गरेका छन्।
३० दिने युद्ध विरामको अमेरिकी प्रस्तावलाई रुसले अस्वीकार गरेपछि ३० घण्टे युद्धविराम भएको हो। यी दुई देश बीचको युद्ध विराम स्थानीय समय अनुसार आइतबार रातको १२ बजेसम्म कायम रहने छ।
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यो प्रस्ताव स्वीकार गर्दै रुसले युद्ध विराम भङ्ग गर्ने विषयमा सचेत भएर बसेको बताए। बिना शर्त ३० दिनको पूर्ण युद्ध विरामको प्रस्ताव टेबलमा रहेकाले उनले यसका लागि रुसी जवाफ पर्खिरहेको प्रतिक्रिया दिएका हुन्। आर्मी प्रमुख भालेरी गेरासिमोभसँगको वार्ता पछि पुटिनले यो छोटो समयको घोषणा गरेका हुन्। सन् २०२३ को जनवरीमा क्रिसमसको समयमा पनि सुरुमा दुई पक्षले युद्ध विराम गर्ने सहमति गरे पनि त्यो निर्णय लागू भएको थिएन।


प्रतिकृया दिनुहोस्