रुस–युक्रेन युद्ध विराममा सहमति पालना नगरेको दुवै पक्षको आरोप
काठमाडौं । युद्ध विराम ‘इस्टर युद्ध विराम’ मा पनि सहमति भङ्ग गरेको आरोप रुस र युक्रेनले एक आपसमा लगाएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले आइतबार मात्र युद्ध विरामको सहमति तीन सय पटक भङ्ग गरेको आरोप लगाए।
रुसको रक्षा मन्त्रालयले यसबीचको समयमा युक्रेनले दर्जनौँ मिसाइल प्रहार गरेको जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रुस र युक्रेनको बीचमा युद्ध विराम हुनसक्ने बताएका छन्।
यस बारे उनले पूर्ण विवरण बाहिर ल्याएका छैनन्। २४ फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको रुसले २० प्रतिशत भूमि कब्जा गरेको छ। यसमा सन् २०१४ मा लिएको त्रिमिया समेत छ।
गत महिना रुसले पूर्णकालका लागि युद्ध विरामको विषय अघि बढाउँदा यसमा अमेरिका र युक्रेन सकारात्मक भएका थिए। पुटिनले शनिबार मध्य रातदेखि आइतबार मध्यरातसम्मका लागि भन्दै युद्ध विरामको प्रस्ताव गरेका हुन्।


प्रतिकृया दिनुहोस्