पाकिस्तानी एफएम रेडियोमा भारतीय गीतको प्रसारणमा रोक

पाकिस्तानी एफएम रेडियोमा भारतीय गीतको प्रसारणमा रोक

काठमाडौं । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच जारी तनावका बीच पाकिस्तान प्रसारणकर्ता संघ (पीबीए) ले पाकिस्तानी एफएम रेडियोमा भारतीय गीतहरूको प्रसारणमा रोक लगाएको छ ।

पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले यसलाई देशभक्तिपूर्ण निर्णय भन्दै यसले सम्पूर्ण देशको सामूहिक भावनालाई प्रतिबिम्बित गर्ने बताएको छ ।पहलगाम आक्रमणपछि भारत र पाकिस्तान अहिले युद्धको संघारमा रहेका छन् । दुवै देशले एक अर्काका हवाई क्षेत्रमा प्रतिबन्ध लगाएका छन् भने दुवैबीचका कैयौं सन्धि सम्झौता निलम्बन गरेका छन् ।

लोकप्रिय