भारत र पाकिस्तान युद्व भन्दा वार्ता नै विकल्प हुने अमेरिकाको भनाइ
काठमाडौं । भारत र पाकिस्तानबीच जारी संघर्षप्रति अमेरिकाले प्रतिक्रिया दिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले धारणा सार्वजनिक गर्दै वार्ता नै विकल्प रहेको बताएका हुन्।
फक्स न्यूजसँगको एक अन्तर्वार्तामा उनले अमेरिका यो मामिलालाई कूटनीतिक माध्यमबाट समाधान प्रयास जारी राख्ने बताएका छन्। अन्तरवार्तामा उनले भारत र पाकिस्तानबीचको यो तनाव एक व्यापक क्षेत्रीय युद्ध वा आणविक संघर्षमा परिणत नहुने पनि आशा व्यक्त गरेका छन्।
२२ अप्रिलका दिन जब जम्मु–कश्मीरको पहलगाममा २७ जनाको ज्यान जाने गरि चरमपन्थी हमला भएको थियो। त्यसबेला जेडी भेन्स आफ्नी पत्नी र छोराछोरीसँग भारत भ्रमणमा थिए। त्यही घटनालाई लिएर मंगलबार राति भारतले पाकिस्तानमाथि आक्रमण गरेपछि दक्षिण एसिया ठूलो युद्धतिर उन्मुख भइरहँदा अमेरिकाको प्रतिक्रिया आएको हो।


प्रतिकृया दिनुहोस्