पाकिस्तानको विश्वास गर्न नसकिने भारतको आरोप

पाकिस्तानको विश्वास गर्न नसकिने भारतको आरोप

काठमाडौं । पाकिस्तानसँग बढ्दो तनावबीच बिहीबार भारतीय विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलन गरेका छन् ।

उनले पाकिस्तानसँगको तनावबारे प्रतिक्रिया दिँदै स्पष्ट रूपमा भारत तनाव बढाउने पक्षमा नरहेको बताएका छन् । मिस्रीले पाकिस्तान समर्थित आतंकी संगठन ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले पहलगाम हमलाको जिम्मेवारी लिएको बताएका छन् । ‘अप्रिल २२ मा उनीहरूले दुई पटक यो घटनाको जिम्मेवारी लिएका थिए’, उनले भने, ‘तर जब घटनाको गम्भीरता महसुस गरियो, तब संगठनका सदस्यले यसलाई खण्डन गरे।’

उनले जब संयुक्त राष्ट्र सुरक्षा परिषद्यु (एनएससी) ले यस घटनालाई लिएर विज्ञप्ति जारी गर्दै थियो, त्यसपछि केवल पाकिस्तानले मात्रै टीआरएफ उल्लेख गरिएकोमा विरोध गरेको बताएका छन् ।

लोकप्रिय