आप्रवासी निकाल्ने अभियानलाई तीव्रता दिन २० हजार नयाँ कर्मचारी भर्ना

आप्रवासी निकाल्ने अभियानलाई तीव्रता दिन २० हजार नयाँ कर्मचारी भर्ना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजात नभएका आप्रवासीलाई निकाल्ने अभियानलाई तीव्रता दिन २० हजार नयाँ कर्मचारी भर्नाका लागि निर्देशन गरेका छन्।

साथै उनले आप्रवासी निष्कासन सहज बनाउन थप केही नीति बनाएका छन्। कागजात नभएका आप्रवासी आफैले अमेरिका छाड्न चाहे फर्कने व्यवस्था पनि अमेरिकाले मिलाइदिने उनको निर्देशनमा उल्लेख छ। उनीहरूलाई बोनस रकम समेत दिइने छ। उनले सीमामा कडा सुरक्षा अपनाउन सबैलाई आह्वान गरेका छन्। अमेरिकामा सेल्फ डिपोर्ट हुन चाहनेले नयाँ एपमार्फन सम्पर्क गर्न सक्ने छन्। गत साता नै यसरी आफै फर्कने इच्छा देखाएमा एक हजार अमेरिकी डलर बोनस दिइने घोषणा गरिएको हो।

यस बाहेक आप्रवासी फिर्ता गर्ने धेरै योजना अघि आए पनि ती योजनामा कानुनी व्यवधान पनि आएका थिए। यसै साता जिल्ला न्यायाधीश फर्नान्डो रोड्रिगुयजले यो अभियान बेकामको भएको बताए। न्यु योर्कका अर्का एक न्यायाधीशले पनि त्यसलाई निरन्तरता दिएका थिए।

 

लोकप्रिय