अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता
काठमाडौं । अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको रक्षा बिक्री सम्झौतामा हस्ताक्षर भएको छ ।
अमेरिकाले यो सम्झौतालाई इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता भनेको छ । यो जानकारी ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा दिइएको छ । ह्वाइट हाउसले साउदी अरेबियाले अमेरिकामा ६ सय अर्ब डलर लगानी गर्न प्रतिबद्ध रहेको बताएको छ ।
रक्षा बिक्री सम्झौताको बारेमा, ह्वाइट हाउसले भन्यो,‘संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौतामा हस्ताक्षर गरेको छ, जुन लगभग १४२ बिलियन डलर रहेको छ । जस अन्तर्गत साउदी अरेबियालाई एक दर्जन भन्दा बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध उपकरण र सेवाहरू प्रदान गरिनेछ ।’
मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरब पुगेका छन् र उनले युवराज मोहम्मद बिन सलमानलाई भेट गरेका छन् । ट्रम्प साउदी अरेबिया, कतार र युएईको चार दिने भ्रमणमा छन् । यो ट्रम्पको दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक भ्रमण हो ।


प्रतिकृया दिनुहोस्