दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमणमा २८ जनाको मृत्यु

दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमणमा २८ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको ज्यान गएको छ । आक्रमणबाट दर्जनौँ घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा दुई अस्पतालमा आक्रमण भएको हो । गाजाको खान युनिसमा रहेको युरोपियन अस्पतालमा पनि इजरायली सेनाले आक्रमण गरेको बताइएको छ । इजरायली सेनाले कुनै पनि अस्पतालमा आक्रमण गर्न छाडेको छैन ।

पछिल्लो १० सातमा त्यहाँ खानेपानी, औषधी र टेन्टको व्यवस्था पनि छैन । संयुक्त राष्ट्रसङ्घीय राहत प्रमुख टम फ्लेटचरले अहिलेको नरसंहार रोक्नका लागि अन्तर्राष्ट्रिय निकायले नै पहल गर्नु पर्ने कुरामा जोड दिएका छन् । न्यूयोर्कमा गाजाको अवस्थाबारे जानकारी गराउँदै फ्लेटचरले इजरायलले राहत वितरणमा आफूहरू माथि अवरोध सृजना गरेको आरोप लगाएका छन् ।

उनले इजरायलले गाजामा राहत वितरणका लागि ल्याएको नयाँ सर्तमा पनि आपत्ति जनाएका छन् । इजरायलले राष्ट्रसङ्घसहित सम्पूर्ण अन्तर्राष्ट्रिय निकायलाई बेवास्ता गर्दै आफैँले नयाँ निकाय गठन गर्दै राहत वितरण गर्ने प्रस्ताव राखेको छ ।

लोकप्रिय