ट्रम्पले सोमबार पुटिनसँग रुसयुक्रेन युद्ध अन्त्य गर्न फोन वार्ता गर्ने

ट्रम्पले सोमबार पुटिनसँग रुसयुक्रेन युद्ध अन्त्य गर्न फोन वार्ता गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग फोन वार्ता गर्ने भएका छन्।

ट्रम्पले पुटिनको उपस्थिति भए आफूपनि इस्तानबुलमा भएको रुस र युक्रेनको वार्तामा सहभागी हुने बताएका थिए। सो वार्तामा रुसी राष्ट्रपति उपस्थित भएनन्। पुटिन र ट्रम्पको दुई जनाको वार्ताले मात्र युक्रेन युद्ध अन्त्यको सम्भावना भएको केही घण्टा पछि ट्रम्पले यो वार्ताको प्रस्ताव राखेका हुन्।

क्रेमलिनका प्रवक्ता डिमिट्रि पेस्कोभले सोमबार पुटिन र ट्रम्प बिच हुने फोन वार्ताका लागि तयारी भइरहेको बताएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा यो वार्ताले युद्ध अन्त्य हुने विश्वास समेत व्यक्त गरेका छन्। यी दुई देशका नेताले युद्ध विरामका साथै दुई देशको सम्मेलनको समेत प्रस्ताव गर्न सक्ने छन्।

सामाजिक सञ्जालमा ट्रम्पले सुरुमा अमेरिकी राष्ट्रपतिसँग वार्ता गर्ने र त्यसपछि युक्रेनी नेतासँग वार्ता गर्ने बताएका हुन्। दुवै देशका राष्ट्रपतिसँग वार्ता गरेपछि नाटोका नेतासँग वार्ता गर्ने ट्रम्पको योजना छ।

लोकप्रिय